निशेधाज्ञा के हो ? कफ्र्यु के हो ?
भदौ २७, २०८२, शुक्रबार | साँझ ०६:३१ बजे | 200
काठमाडौं । नेपाली सेनाले सार्वजनिक सूचना प्रकाशित गरी दैनिक पछिल्ला दिनहरुमा निशेधाज्ञा र कफ्र्यु जारी गरिरहेको छ । खास कफ्र्यु र निशेधाज्ञामा के फरक छ त ? धेरैलाई ज्ञान नहुनसक्छ । छोटोमा कफ्र्यु र निशेधाज्ञा दुवै एउटै होइन । यसको फरक फरक अर्थ लाग्छ ।
निशेधाज्ञा
निशेधाज्ञा भनेको निशेध हो, जहाँं सर्वसाधारण मानिस विशेष परिस्थितिबाहेक बाहिर निस्कन मिल्दैन । बाहिर निस्कनै परे उचित कारण देखाउनुपर्छ । जस्तै एम्वुलेन्स, स्वास्थ्यकर्मी, पानी, ग्यास आदि । यिनीहरु अति आवश्यक परेकाले निशेधाज्ञामा आवतजावत गर्न सकिन्छ ।
कफ्र्यु
निशेधाज्ञाको थप चर्काे रुप कफ्र्यु हो । कफ्यु निशेधाज्ञा भन्दा विशेष परिस्थिति हो । निशेधाज्ञामा मनासिब कारण देखाइ बाहिर निस्कन मिल्छ भने कफ्युमा मिल्दैन ।
अहिले नेपाली सेनाले दिउँंसो निशेधाज्ञा र विहान, बेलुकी र रातको समयमा कफ्र्यु जारी गरिराखेको अवस्था छ । यसको अर्थ विहान, बेलुका र राति निस्कनै मिल्दैन भने दिउँंसो निशेधाज्ञा जारी भइराखेको अवस्थामा उचित कारण देखाइ निस्कन सकिन्छ । करफ्र्युको बेला कहीकतै बाहिर निस्कनै पर्ने अवस्था आयो भने पूर्व अनुमति आवश्यक पर्दछ ।
