आज पुलुकिसी जात्राः हुन्छ कि हुँदैन ?
भदौ २६, २०८२, बिहीबार | विहान १०:२७ बजे | 285
भक्तपुर । परम्परा अनुसार बिहीबार भक्तपुरमा पुलुकिसी जात्रा हुँंदैछ । भक्तपुरको लाकुलाछें टोलबाट साँझ जात्रा सुरु हुने परम्परा छ । त्यहाँबाट सुरु भई जात्राले भक्तपुर नगर परिक्रमा गर्ने गर्दछ । तर जेनजी आन्दोलनको विषम परिस्थितिमा जात्रा चल्ने कि नचल्ने भन्ने अन्यौल सर्वसाधारणमा छ । जेनजी आन्दोलनपछिको निशेधाज्ञा र कफ्र्युका कारण जात्राबारे अन्यौल भएको हो । बताइए अनुसार जात्रा औपचारिकतामा मात्रै सिमित हुनेछ अर्थात् स्थानीयस्तरमा मात्रै जात्रा हुनेछ, नगर परिक्रमा गराइने छैन ।
.jpeg)