जनताको सास्कृतिकस्तरसंगै राजनैतिकस्तर उठाउनुपर्ने
भदौ २६, २०८२, बिहीबार | विहान ०८:५५ बजे | 130
भक्तपुर । ४५औं नेपालभाषा साहित्य तःमुंज्या तथा सा“स्कृतिक कार्यक्रम आयोजक समितिको आयोजनामा स्थानीय भेला नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघिय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथि सुवालले जनताको सा“स्कृतिक स्तरको विकाससंगै राजनैतिक विचारलाई अगाडि बढाउन नसके देश परनिर्भर एवं सा“स्कृतिक अतिक्रमणको चपेटामा पर्ने बताउनु भयो । अठारौं शताब्दीसम्म देशमा सा“स्कृतिक उत्थान दाफा, भजन, प्याखं÷नाचगान आदिका रुपमा विकास भएको बताउंदै त्यसलाई आधुनिक तर नेपालीको मौलिक मर्म नमेट्ने गरी विकास हुनुपर्ने औल्याउनु भयो ।
मानव विकासक्रमसंगै जनताको सा“स्कृतिक विकासले तिव्रता पाएकोले हामीले आफ्नो पहिचान सा“स्कृतिकस्तरमा विकास गरेर बनाउनु पर्ने औल्याउनु भयो । तर पछिल्लो अवस्थामा देश राजनीतिक रुपमा परिवर्तन भएपनि जनताको सा“स्कृतिकस्तर नउठ्दा आफ्नै ठाउ“मा विकास गर्नुपर्ने कुरालाई तिलाञ्जली दिई उपत्यकामा मात्र जनघनत्व बृद्धि भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उपत्यकाको मलिलो माटोमा अव्यवस्थित बस्ति विकासले जमिन भास्ने सम्भावना बारे भूगर्भशास्त्रीहरुले चिन्ता व्यक्त गरेको स्पष्ट पार्नु भयो ।
नेपालका बहुसंख्यक आदिवासी उत्तरी क्षेत्रबाट आएपनि तिनीहरुमाथी राज्यसत्ता संचालनको रुपमा दक्षिणी क्षेत्रबाट आएका ठकुरी, मल्ल तथा क्षेत्री वाहुनहरुले गरी रहेकोले सम्पूर्ण आदिवासीहरुले आफ्नो पहिचानको लागि सा“स्कृतिकस्तरसंगै राजनीतिकस्तरको विकासको लागि संघर्ष गर्नुपर्ने बताउनु भयो ।
सरकारले स्थानीय उद्योगलाई संरक्षण, प्रबद्र्धन र विकास नगर्दा आयातीत वस्तुको व्यापारमा जनता सिमित हुनु परेको बताउनु भयो । “जसरी हाम्रो घरमा हामी आफैले सफा नगरी सफा हु“दैन त्यसरी नै देशका युवाले आफ्नै देशमा काम नगरी देशमा विकास हु“दैन” भन्नु भयो ।
प्यालेष्टिनी जनता दैनिक सयौंको संख्यामा इजराइलले अमेरीकाको आ“ड भरोसामा मारिरहेको प्रसंड्ड उल्लेख गर्दै आफ्नो देशको रक्षार्थ एकथोपा रगत रहुन्जेल संघर्ष गरिरहेको जनताप्रति ऐकेबद्धता जनाउनु भयो ।
विश्व दुई ध्रुवमा विभाजित भएकोले कुनैपनि समय तेश्रो विश्वयुद्ध हुने सम्भावना नकार्न सकिन्दैन तसर्थ आणविक हतियार उत्पादनको प्रतिस्पर्धाले विनास निम्त्याउने भएकोले त्यसको सदुपयोग मानव विकास र जीवन रक्षाको लागि हुनुपर्ने बताउनु भयो ।
४५औं नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष तथा कार्यक्रमका सभापति रविन्द्र खर्बुजाले सम्पूर्ण टोल तथा वडाबासीहरुमा कार्यक्रम सफलपार्न आर्थिक, भौतिक तथा नैतिक सहयोगको लागि अपिल गर्नुभयो । उपत्यकामा प्रदुषण बढेकोमा चिन्ता व्यक्त गर्दै नेपाल सरकारले नौ बर्ष अगाडि नै प्रदुषणयुक्त उद्योगहरु उपत्यका बाहिर स्थानान्तरण गर्ने विषयले मूर्त नभएकोमा दुःख व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले हरेक बर्ष सम्पदा पदयात्रा अन्तर्गत भाद्र २२ गते नगरको दक्षिणी भेगका पोखरीहरुको यात्रागर्न लागेकोमा खुसी व्यक्त गर्दै २०५२ सालमा नगरको एक स्थानीय पोखरी निजीकरण हुनबाट जोगाई सार्वजनिक गर्दा भोग्नु परेको अप्ठेरा परिस्थितिको जानकारी दिनुभयो ।
भनपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकालाले वडागत तथा नगरमा भएका विकास निर्माणका प्रगतिबारे जानकारी दिनु भयो । तःमुंज्या स्थल सुव्यवस्थित पार्न नगरपालिकाले आवश्यक सहयोग गरिरहेको र समन्वय गरेको बताउनु भयो । साथै भोली हुने सम्पदा पदयात्रा अन्तर्गत नगरको दक्षिणी भेगका महत्वपूर्ण पोखरीहरुको पदयात्रामा सहभागीताको लागि अनुरोध गर्नुभयो ।
तःमुंज्या आयोजकका उपाध्यक्ष श्यामसुन्दर मातांले स्वागत गर्नुहुंदै ४५ बर्ष अगाडीदेखि संचालन हु“दै आएको कार्यक्रमले देशको भाषा, साहित्य र सा“स्कृतिकस्तर उत्थानको लागि महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्दै यो बर्षको तःमुंज्या सफलपार्न सम्पूर्णमा अनुरोध गर्नुभयो । सचिव राजन जतिले तःमुंज्या सफल पार्न १२ वटा उप–समितिहरु गठन गरि साहित्यिक र आर्थिक संकलन कार्य भैरहेको जानकार दिंदै हालसम्मको कार्य प्रगति विवरण प्रस्तुत भएको कार्यक्रममा सह–सचिव सिद्धिराम सुवाले पनि बोल्नु भएको थियो ।
