सेना परिचालन भएपछि भक्तपुरमा कहाँं केके भए ?
भदौ २५, २०८२, बुधबार | साँझ ०६:५६ बजे | 120
भक्तपुर । नेपाली सेना परिचालनपछि बुधबार भक्तपुर शान्तपूर्ण बनेको छ । खासै कहीकतै कुनै अप्रिय घटना हुन नपाएको जनाइएको छ ।
नेपाली सेना विहानैदेखि परिचालित देखिएको थियो । सेना परिचालनपछि जुलुश वा अन्य केही उपध्रो हुन नपाएको जनाइएको छ ।
सेना परिचालनपछि भक्तपुरको जगातीस्थित प्रहरी बृत जगातीमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । बुधबार दिउँंसो दमकल परिचालन गरी आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । साथै दरवार क्षेत्रमा लगाइएको आगो पनि नियन्त्रणमा लिएको छ । मंगलबार नै आगलागी भए पनि आन्दोलनकारीहरुले दमकल नै निशेध गरेपछि आगो नियन्त्रणमा लिन सकेको थिएन ।
