५५ झ्याले दरवार सुरक्षित छ, कान्तिपुरद्धारा क्षमा याचना
भदौ २५, २०८२, बुधबार | दिउँसो ०२:२७ बजे | 160
काठमाडौं । कान्तिपुर राष्टिय दैनिकले बुधबार क्षमयाचना गरेको छ । बुधबारको पत्रिकामा भक्तपुरको ५५ झ्याले दरवार जलेर नष्ट भएको क्याप्सन राखी फोटो प्रकाशित गरेको थियो । यही गल्तीलाई लिएर उसले क्षमा मागेको हो । गम्भीर विषयवस्तु भएकाले भोलिको पत्रिकासम्म नकुरी आजै अनलाइनमार्फत् क्षमा मागेको हो ।
आजको पत्रिकामा सिंहदरवार जलेको जलेको ठूलो फोटो प्रकाशित गरिएको थियो । तर त्यसको क्याप्सनमा भक्तपुरको ५५ झ्याले दरवार उल्लेख थियो ।
मंगलबार आन्दोलनकारीहरुले भक्तपुरका दरवार स्क्वायर, प्रशाशन नजिकको फगी ग देग (पहिलाको जनज्योति पुस्तकाल) को पछाडि आगलागी भएको थियो ।
