भक्तपुर नेपाली सेनाको कव्जामाः सडकभरि सेना परिचालित
भदौ २५, २०८२, बुधबार | विहान ०९:३६ बजे | 365
भक्तपुर । भक्तपुरको ठाउँंठाउँंमा नेपाली सेना परिचालन हुन थालेको छ । महानगरीय प्रहरी बृत जगाती भक्तपुरमा एक ट्रक नेपाली सेना पुगेर सुरक्षा दिन थालेको हो ।
प्रहरी चौकी कव्जामा लिएर नेपाली सेना परिचालित भएको छ । नेपाल प्रहरीले पहरा दिने सडकमा पनि नेपाली सेना नै बस्न थालेको छ । यसका लागि एक समूह नेपाली सेना त्यहाँं पुगेको छ ।
यसअघि हिजो आन्दोलनकारीहरुले जगाती प्रहरी बृत सवै जलाएर ध्वस्त पारेको थियो । साथै त्यहाँंको सवै वन्दुकहरु पनि आन्दोलनकारीले कव्जामा लिएको थिए । आन्दोलनकारीहरुले बन्दुक आआफूले लिएर प्रदर्शनसमेत गरेका थिए । साथै ती बन्दुकहरु जताजतै फालेर गएका थिए । त्यहीकारण विहानसम्म चौकी सुनसान जस्तै थियो । सर्वसाधारणको मात्रै ठूलो भीड लागेको थियो । आन्दोलनकारीहरु नभई हेर्न आउनेहरुको चौकीमा भीड लागेको थियो ।
जगातीसहित सूर्यविनायक क्षेत्रमा पनि सेना परिचालित भएको छ । सेनाले माइकिंग गर्दै सवैलाई आआफानो घरभित्र पस्न भनेको छ । विहान नौ बजेखि बाहिर ननिस्कन सेनाले माइकिंग गरी अनुरोध गरेको छ । साथै त्यहाँं पनि नेपाली सेना ठाउँंठाउँंमा परिचालित भएका छन् । झुण्डझुण्ड रुपमा सडकको चारैतिर सेना परिचालित हुन थालेका छन् ।
सेनाहरु ठाउँंठाउँंमा गई माइकिंग गर्दै भित्र जान अनुरोध गरिरहेका छन् । यही कारण विहान खुलेका पसलहरु पनि बन्द हुन थालेका छन् । साथै बाहिर निस्केका मानिसहरु पनि भित्र जान थालेका छन् ।
परिचालित नेपाली सेनाले सवैलाई घरभित्र जान भनिरहेको छ । कसैलाई पनि फोटो, भिडियो पनि खिच्न मनाही गरिरहेको छ । प्रेसलाई पनि फोटो भिडियो खिच्न मनाही गरेको अवस्था छ । कसैले खिचेको फोटो भिडियो पनि प्रेसलाईसमेत डिलिट गर्न लगाइएको छ ।
