यस्तो छ विहानको भक्तपुर


भदौ २५, २०८२, बुधबार | विहान ०७:४३ बजे | 315


यस्तो छ विहानको भक्तपुर

भक्तपुर । भक्तपुरको बुधबारको जनजीवन सामान्य बनेको छ । विहानसम्म कहीकतै केही अप्रिय घटना हुन पाएको छैन । जुलुशलगायतका जमघट आन्दोलन पनि कहीकतै देखिएको छैन । 
बाटाघाटाहरुमा मानिसहरु सामान्य सरह नै हिडिरहेका छन् । अरनिको राजमार्गमा भाडाकाबाहेक निजी गाडीहरु सञ्चालन भइरहेका छन् । मोटरसाइकल, कारहरु निर्वाध गुडिरहेका छन् । सवै बजारतिर पनि मानिसहरु निर्वाध विना डर हिडिरहेका छन् ।
हिजो विभिन्न ठाउँंहरुमा लगाइएको आगोहरु निभेका छन् । तर पूर्ण रुपमा निभेका छैनन् । सामान्यतया जनजीवन सामान्य बन्दै गएको हो ।
जगाती प्रहरी बृतमा नेपाल प्रहरी, नेपाली सेना कोही पनि दैखिंदैन । सर्वसाधारणको भने भीड छ । चौकीको अवस्था हेर्न आउनेहरुको भीड विहानदेखि नै छ । तर आन्दोलनकारीहरु कोही पनि छैनन् ।
उता कमलविनायक चोकमा नेपाली सेनाको एउटा गाडी छ । ठाउँंठाउँंमा सेनाहरु छरिएर परिचालित भएको देखिएका छन् । गल्लीगल्लीका चोकहरुमा दुईचार जना दुईचार जना परिचालित भएका छन् । 
 

Comments