वार्ताका लागि जेनजीहरुलाई राष्टपति कार्यालयबाट पत्र


भदौ २४, २०८२, मङ्गलबार | साँझ ०६:४१ बजे | 320


वार्ताका लागि जेनजीहरुलाई राष्टपति कार्यालयबाट पत्र

काठमाडौं । जनेजीहरुले आफूहरुलाई बार्ताका लागि राष्टपतिबाट चिठीपत्र पुगेको दावी गरेका छन् । राष्टपति रामचन्द्र पौडेलबाट आफूहरुलाई पत्र आएको जेनजीहरुले बताएका छन् । पुरुषोतम यादव र सवल गौतम संयोजक रहेको जेनजी नेतृत्वलाई पत्र आएको जनाइएको छ । यसकारण यो समूहले सवैको नाममा सूचना सार्वजनिक गरेको छ । 
सूचना
प्रिय आम नेपालीहरू,
यो आन्दोलनमा हामी सबैको सहभागिता र भावनात्मक साथ अमूल्य छ । तर, अहिलेको संवेदनशील अवस्थामा संयमता र समानबहित अत्यन्त आवश्यक छ ।
???? देशको जनधनको क्षति भन्नु भनेको हाम्रै सम्पत्तिको क्षति हो । त्यसैले शान्त रहनुहोस्, अनुशासनमा रहनुहोस्।
???? हाम्रो पुस्ता अब देशको भविष्यको जिम्मेवारी लिन तयार छ। त्यसका लागि तपाईंहरूको धैर्यता र संयम नै हाम्रो बल हो।
???? वार्ता र संवादका लागि हामी तत्पर छौँ, तर संसद् विघटनको पूर्वशर्तमा मात्र।
???? जेनजीको तर्फबाट सम्पूर्ण आम नेपालीलाई हार्दिक अनुरोध —
शान्त रहौँ, समानबहित बनौँ, र नयाँ नेपालको यात्रामा तयारीसाथ अघि बढौँ।
 

Comments