व्यासी प्रहरी विट जलाइयो
भदौ २४, २०८२, मङ्गलबार | दिउँसो १२:२९ बजे | 220
भक्तपुर । आन्दोलनकारीहरुले भक्तपुरको व्यासी प्रहरी विट जलाइदिएका छन् । भक्तपुर नगरपालिका कार्यालय अगाडिको विट जलाइदिएका हुन् ।
यसैवीच भक्तपुर जताततै आन्दोलनमय बनेको छ । गाउँंगाउँंबाट पनि आन्दोलनकारीहरु नाराजुलुशका साथ भक्तपुर प्रवेश गरिरहेका छन् । यता नेपाल सरकराले भने अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगाबाट यातायात साधन भक्तपुर आउनमा रोक लगाएको छ । साँंगादेखि जडिबुटीसम्म राजमार्ग खण्ड र त्यसको दायाँंबायांँ दुवैतिर दुईदुई सय मिटरमा निशेधाज्ञा छ ।
