कफु्यु जारी गर्ने भक्तपुर प्रशाशन अगाडि प्रदर्शन 


भदौ २४, २०८२, मङ्गलबार | दिउँसो १२:०६ बजे | 95


कफु्यु जारी गर्ने भक्तपुर प्रशाशन अगाडि प्रदर्शन 

भक्तपुर । कफ्र्यु आदेश जारी गर्ने जिल्ला प्रशाशन कार्यालय भक्तपुरको अगाडि प्रदर्शन थालिएको छ । मंगलबार विहानदेखि जारी गरेको कफ्यु आदेशको उल्लंघन गरेर प्रशाशन अगाडि आन्दोलन भएको हो । जिल्ला प्रहरी, प्रशाशन अगाडि हजारौं आन्दोलनकारीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । घटौंदेखि आन्दोलन चलिरहे पनि यो समाचार तयार पार्दासम्म आन्दोलन शान्तिपूर्ण रहेको बताइएको छ । प्रहरी र प्रशाशन अगाडि हजारौं युवाहरु रहेका छन् । यसअघि भेला हुन राष्टिय स्वतन्त्र पार्टी चाँंगुनारायण भक्तपुरका सभापति रोशन थापाले प्रशाशन अगाडि भेला हुन आग्रह गरी सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

कफु्यु जारी गर्ने भक्तपुर प्रशाशन अगाडि प्रदर्शन 

Comments