कमलविनायकमा टायर बाली प्रर्दशन, सूर्यविनायक र सुकुलढोकामा जुलुश
भदौ २४, २०८२, मङ्गलबार | विहान ११:०१ बजे | 155
भक्तपुरको कमलविनायकमा टायर बालेर प्रदर्शन थालिएको छ । साथै सूर्यविनायकमा पनि जुलुश सुरु भएको छ । यसअघि सुकुलढोकाबाट पनि जुलुश निस्केका थियो ।
जिल्लाका सवैतिर स्थानीयले प्रशाशनले लगाएको निशेधाज्ञाको उल्लंघन भएको देखिएको छ । यहाँं जताततै स्वतस्फुर्ट रुपमा जुलुशहरु प्रदर्शन भइरहेका छन् । यो समाचार तयार पार्दासम्म जुलुश शान्तिपूर्ण नै चलिरहेको छ ।
भक्तपुर सहरको मुख्य केन्द्र सुकुलढोको जुलुश भएको छ । साथै सूर्यविनायक चोकमा पनि मानिसहरु स्वतस्फुर्ट भेला भई प्रर्दशन भइरहेका छन् ।
जिल्ला प्रशाशन कार्यालय भक्तपुरले विहान साढे ८ बजेदेखि कफ्र्यु जारी गरेको थियो । तर त्यसको परबाह नगरी जताततै जुलुश भइरहेको छ
अरनिको राजमार्गको जडिबुटीदेखि साँंगासम्म कफर््यु चलिरहेको छ तर सवैतिर वेवास्ता भइरहेको अवस्था हो । भक्तपुरका चार वटै नगरपालिकाहरुमा कफ्र्यु जारी छ तर सवैतिर उल्लंघन भइरहेको देखिएको छ । विशेष गरेर प्रधानमन्त्रीको आवास क्षेत्र बालकोटलाई विशेष ध्यान दिएर निशेधाज्ञा जारी भएको देखिएको छ ।
