बालकोट क्षेत्रमा विशेष सतर्कता


भदौ २४, २०८२, मङ्गलबार | विहान १०:३८ बजे | 80


बालकोट क्षेत्रमा विशेष सतर्कता

भक्तपुर । भक्तपुरको बालकोट क्षेत्रलाई विशेष मध्यनजर गरी कर्फुयु आदेश जारी भएको देखिएको छ । प्रशाशनले प्रधानमन्त्री निवास बालकोट क्षेत्रलाई विशेष प्राथमिकतामा राखी सुरक्षा सतर्कता अपनाएको देखिएको छ । सूर्यविनायक नगरपालिका वडा नं १ देखि ९ सम्मका विभिन्न क्षेत्रहरुमा कफ्र्यु आदेश जारी नभए पनि बालकोट क्षेत्रलाई विशेष सतर्कता अपनाई कफ्र्यु जारी भएको देखिएको छ । 
अरनिको राजमार्गको कौशलटारदेखि बालकाटे जाने सडकमा कफु्र्य आदेश छ । यसबाहेक सूर्यविनायकका अरु क्षेत्रमा कफुर्यु लगाइएको छैन । बालकोट प्रधानमन्त्री निवासको क्षेत्र हो । 
 

Comments