आन्दोलनमा टपटेन खवरका प्रेश प्रतिनिधि (रिपोर्टर)अनिश खरेल घाइते 


भदौ २४, २०८२, मङ्गलबार | विहान ०९:३४ बजे | 150


आन्दोलनमा टपटेन खवरका प्रेश प्रतिनिधि (रिपोर्टर)अनिश खरेल घाइते 

जयराम बिडारी 

काठमाण्डौ 
काठमाण्डौमा प्रहरीले चलाएको गोली लागेर टपटेन खवरका रिपोर्टर अनिश खरेल घाइते भएका छन् । 

 जानकारी अनुसार घाइते भएका उनलाई उपचारका लागि बि एण्ड बि हस्पिटल पुर्याइएको छ । २६ वर्षीय पत्रकार खरेल संघीय संसद नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिंग गर्ने क्रममा प्रहरीको गोली लागि घाइते भएका थिए । खुट्टामा गोलीको छर्रा लागेका खरेल स्वास्थ्य अवस्था खतरामुक्त रहेको कुरा उपचारमा संलग्न वरिष्ठ चिकित्सक बाबुकाजी श्रेष्ठले जनाएका छन् ।

जेनजी आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी घाइते भएका छन् । 

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्का अनुसार आन्दोलनमा अराजक तत्वको घुसपैठ भई सार्बजनिक सम्पती तोड्फोड गरे पश्चात प्रहरीले बाध्य भएर गोली चलाउनु परेको बताएका छन् । उनका अनुसार सरकारले जेनजी प्रदर्शनमा जयान गुमाएकाहरूलाई उचित राहत उपलब्ध गराउने र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय भएको पनि बताए।

Comments