मधुशाला विरुद्ध जेन जी
भदौ २३, २०८२, सोमबार | राति ०७:३४ बजे | 180
देश मेरो भो मधुशाला,
नशामा छ साशक नेता सारा।
जनताको रगत चोसी,
खेल्छन् शक्ति–दाउरा।
गिलासमा भरिएको दुःख,
रक्त–घाम झलमल,
जनताले पिए आँसु,
साशक नेता मात्र रमलमल।
भ्रष्टाचारको मदिराले,
घुमेको छ राजधानी,
न्याय, धर्म, नीति बिर्सी,
खोज्छन् केवल कुर्सी–कानी।
सपना बेचे दलालहरूले,
अन्धकारमा देश डुबाए,
मधुशालामा हर्ष पाएका,
जनताको घर उजाडाए।
तर कहिलेसम्म यो नशा?
कहिलेसम्म देश लुटाइ?
एक दिन उठ्छ आवाज बलियो,
मधुशाला भत्काइ।
त्यो दिन जनताको हातमा,
सत्य–मशाल जल्नेछ,
भ्रष्टाचार र बेतिथिको
मधुशाला ढल्नेछ।
जेन जीको अल्फा पुस्ता
भ्रष्टाचार मुक्त देशको परिकल्पना
सामाजिक सञ्जाल संचालन
सडकमा उत्रे १९ जनाले दिए आहुति ।