जेन-जी आन्दोलन, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु


भदौ २३, २०८२, सोमबार | दिउँसो ०२:५६ बजे | 150


जेन-जी आन्दोलन, प्रहरीको गोली लागेर  एक प्रदर्शनकारीको मृत्यु

जेन-जी आन्दोलन उग्र बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे बैठक बस्ने जानकारी दिए। उनका अनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्दैछ।

जेन-जी पुस्ताको आन्दोलन तीव्र बनेर संसद् भवन प्रवेश गरेको छ। बानेश्वसहित काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु लगाइएको छ। जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते एक प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। 

अस्पतालका अनुसार ७० जनाभन्दा बढी घाइते छन् र उनीहरूको उपचार भइरहेको छ।

Comments