जेनजीको आन्दोलनः ५०० भन्दा बढी घाइते भएको दावी
भदौ २३, २०८२, सोमबार | दिउँसो ०२:३५ बजे | 540
काठमाडौं । जेनजीहरुको सोमबार राजधानीमा भएको आन्दोलनमा पाँंच सय भन्दा वढी घाइते भएको दावी गरिएको छ । आयोजकले सोमबार दिउँंसो प्रेस विज्ञप्ति प्रकाशित गरी उनीहरु अहिले विभिन्न अस्पतालहरुमा उपचाररत रहेको जनाएको छ । साथै भाबी कार्यक्रम भरे सार्वजनिक गर्ने पनि स्पष्ट पारेको छ ।
प्रेस विज्ञप्ति
मितिः २०८२ भदौ २३ गते (शनिबार)
काठमाडौं
भ्रष्टाचारविरोधी राष्ट्रिय आन्दोलन — हाम्रो स्पष्ट धारणा
आजको कार्यक्रम हामीले पूर्णतः शान्तिपूर्ण ढंगले सञ्चालन गरेका छौँ । तर बीचबीचमा केही गलत प्रवृत्ति भएका समूह वा व्यक्तिहरू वा सम्भावित राजनीतिक÷राज्यका षड्यन्त्रकारी प्रयासहरू मार्फत हाम्रो आन्दोलनलाई निस्तेज पार्ने कोसिस गरिएको अनुभव भएको छ ।
हामी स्पष्ट पार्न चाहन्छौँ—
???? हाम्रो आन्दोलन सदैव शान्तिपूर्ण र अहिंसात्मक रहन्छ।
???? यसलाई असफल बनाउन गरिएका कुनै पनि प्रयास सफल हुने छैनन्।
देशका विभिन्न स्थानहरूमा आज भएको जनसहभागिता ले हाम्रो उद्देश्य र मागप्रति अझ ठूलो विश्वास र समर्थन रहेको प्रमाणित गरेको छ। यसले हामीलाई हाम्रो यात्रामा अझ नजिक पुर्याएको छ।
यसबीच, अत्यन्तै दुःखद खबर प्राप्त भएको छ—
???? आजको कार्यक्रममा सुरुवातदेखि सक्रिय रहेका हाम्रा एक साथीको असामयिक निधन भएको पुष्टि भएको छ।
???? साथै ५०० भन्दा बढी साथीहरू अहिले विभिन्न अस्पतालमा उपचाररत हुनुहुन्छ। हामी उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
यस दुःखद क्षणमा हामी सबै सहभागीहरूलाई पुनः स्मरण गराउँछौँ—
???? अनुशासित, गम्भीर र संगठित ढंगले अघि बढ्नुहोस्।
???? आन्दोलनको मूल मर्म र एजेन्डालाई कमजोर पार्ने कुनै कार्य नगर्नुहोस्।
???? शान्ति र संयमलाई नै हाम्रो प्रमुख आधार बनाऔँ।
हामी आज साँझ हाम्रा थिङ्क ट्याङ्क (हरि कार्की लगायत)र स्थानीय टिमहरूसँग छलफल गरी आगामी कार्ययोजना सार्वजनिक गर्नेछौँ।
पुरुषोत्तम यादव – कार्यक्रम संयोजक
सबल गौतम – कार्यक्रम संयोजक
आम नेपाली युवा – भ्रष्टाचार तथा बेथिति विरुद्ध राष्ट्रिय आन्दोलन
