सकियो इन्टेरियर डिजाइनर्स एसोसिएसनको साधारणसभा
भदौ २१, २०८२, शनिबार | राति ०७:४१ बजे | 505
ललितपुर । इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः श्यामबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ यसअघि पनि अध्यक्ष नै थिए ।
एसोसिएसनको शनिबार ललितपुरमा भएको २२ औ वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा शुशिल सिवाकोटी, महासचिवमा रितेश श्रेष्ठ, सचिवमा सुशोभित रंजितकार, कोषाध्यक्षमा स्मृति रेग्मी र सहकोषाध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा क्रमशः जुना भटराई, समिक्षा अग्रवाल, विश्वतम श्रेष्ठ, सायना डंगोल, अशोक महर्जन, रेखा शाही, प्रविण श्रेष्ठ र रेशोन शाक्य रहेका छन् । एकजना सदस्य निर्वतमान अध्यक्ष रहने विधानमा व्यवस्था भएको जनाइएको छ ।
यसअघि साधारणसभाको उदघाटन संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्राडा मधुरा कार्कीले गरेकी थिइन् । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार साुनराजा शिल्पकार, निवर्तमान अध्यक्ष विन्द्रा कक्षपटीलगायतले इन्टेरियर डिजाइनका विविध पक्षहरुमा चर्चा गरेका थिए । कार्यक्रममा उपाध्यक्ष उषा रायमाझीले गरेकी थिइन् । कार्यक्रम सञ्चालन रामगोपाल तण्डुकारले गरेका थिए ।
