विष्णु ओलीका मुक्तक संग्रह बजारमा 


भदौ २१, २०८२, शनिबार | राति ०७:३१ बजे | 150


विष्णु ओलीका मुक्तक संग्रह बजारमा 

काठमाडौं । साहित्यकार विष्णु ओलीद्धारा लिखित मुक्तकहरुको संग्रह विष्णु ओलीका मुक्तक नामक पुस्तकको शनिबार राजधानी एक कार्यक्रम गरी लोकार्पण गरिएको छ । प्राडा तुल्सी भटराई, सुरेन्द्र केसी, डा विष्णुविभु घिमिरे, प्राडा गोविन्द भटराईलगायतले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका हुन् । 
रामप्रसाद देवी ओली स्मृति प्रतिष्ठान गौचरण झापाको आयोजनामा भएको कृति लोकार्पण तथा सम्मान कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा विष्णुविभु घिमिरे र प्राडा तुल्सी भटराईलाई नगदसहित सम्मानपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो । 
लोकार्पित पुस्तकमा २६७ वटा मुक्तकहरु रहेको जनाइएको छ । यसको प्रकाशन देवी उप्रेती ओलीले गरेको हो । पुस्तक ६८ पृष्ठको रहेको छ । पुस्तकको मूल्य २५० रुपैयाँं राखिएको छ । 
विमोचन कार्यक्रममा प्रमुख अतिथि भटराई, पुस्तकका सम्पादक प्राडा कृष्णप्रसाद दाहाल, पूर्व अर्थ सचिव शान्ताराम सुवेदी, पूर्व रक्षा सचिव रेशमराज पाण्डे, डा इन्दुल केसीलगायतले प्रकाशित मुक्तहरुले देशमा भइरहेका विकृति विसंगतिको चोटीलो प्रहार भएको बताए । 

 

Comments