ढलमा बगाएर ट्रक चालक बेपता
जेठ २८, २०७७, बुधबार | दिउँसो १२:२४ बजे | 50
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा बुधबार परेको भीषण वर्षासँंगै आएको वाढीबाट एकजना ट्रक चालकलाई ढल (मिनहोल वा ढ्वांग) बाट बगाएर बेपता भएका छन् । राजमार्ग अन्तर्गत सल्लाघारीबाट सूर्यविनायकतिर आउदै गरेको सिमेन्ट अनलोड गरी फर्केको ट्रकका चालक वर्ष ५७ का नरबहादुर राउत बगेर बेपता भएका हुन् । महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरका प्रमुख ट्राफिक सुमन न्यौपानेले बेपता राउतको खोजी कार्य जारी रहेको जनाए । उनका अनुसार ट्रक मुख्यबाट नभई सर्भिस ट्याकबाट आइरहेको थियो । सर्भिस ट्याक नै नदेखिने गरी सडकमा वाढी आइरहँंदा मिनहोल (प्वाल) बाट पानी तल झरिरहको देखेपछि ट्रक चालक रावत गाडी फस्ला कि भनेर हेर्न पुगेका थिए । यही क्रममा उनी ढलभित्र पुगेर बगेको जनाइएको छ । अहिले त्यहाँं भीड लागेको छ ।