दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न 


भदौ २०, २०८२, शुक्रबार | साँझ ०४:५९ बजे | 200


भक्तपुर । वागिश्वरी कलेजले दुई हप्ते अन्तर्राष्ट्रिय मिडिया सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ । 
शुक्रबार कलेजले भक्तपर नगरपालिका–९, कमलबिनायकस्थित कलेज भवनको सभाकक्षमा  भक्तपुर नगरपालिकाकी नगर उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी गोष्ठी समपन्न गरेको हो । 
कलेजको आयोजनामा गत भदौ ३ गतेदेखि गोष्ठी सुरु भएको थियो । गोष्ठीमा बी.ए दोस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले १५ राष्ट्रका सञ्चारमाध्यम, सञ्चारमाध्यमहरुको इतिहास, प्रेस स्वतन्त्रता, प्रचलित प्रेस व्यवयस्था र व्यवस्था अन्तर्गत पनि कानुनी र संवैधानिक व्यवस्था सम्बन्धि अध्ययनात्मक कार्यपत्र प्रस्तुत गरेका थियो । 
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले वर्तमान अवस्थामा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरु पुँजीवादीहरुको सञ्चालनमा रहेकोले सञ्चारमाध्यमहरुले श्रमिक तथा गरिव जनताको आवाज नउठाएको औंल्याइन् ।   
“अहिले जति राष्ट्रियस्तरका मिडियाहरु पुजीँबादीहरुको सञ्चालनमा छन् । उनीहरुले गरिब तथा श्रमिक वर्गको आवाज उठाएका छन् त ? प्रेजेन्टेसन पनि आयो । नेपालमा पूर्ण प्रेस स्वतन्त्रता छ । तर स्वतन्त्रता छ भन्दैमा सञ्चारमाध्यमहरुबाट आएका कुराहरुले समाजमा कस्तो असर पार्छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । सुसूचित हुने जनताको आधारभूत अधिकार हो । यसको हननन हुन नदिन पत्रकार र सञ्चारमाध्यमहरुले आफ्नो कर्तव्य निभाउनपर्छ,” प्रमुख अतिथि जोशीले भनिन् । 
उनले गोष्ठीबाट आफूले विदेशी मिडियाको बारेमा ज्ञान आर्जन गर्ने मौका पाएको बताए । र, विद्ययार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागि हुन प्रेरित पनि गरे । 
कार्यक्रममा विश्ष्टि अतिथि भक्तपर नगरपालिका वडा–९ का वडा अध्यक्ष रविन्द्र ज्याखोले विद्ययार्थीहरुलाई पत्रकारिता राजनैतिक व्यवस्थाले प्रभावित हुने बताउँदै सञ्चारमाध्यमको अध्ययन गर्नअघि देशको राजनितीक अवस्थसँग जानकार हुन सुझाव दिए । 
“देशको राजनितीक अवस्था कस्तो छ । देशमा रहेको राजनितीक अवस्थाबाट निति नियमहरु बन्छन् । त्यो आधारमा पत्रकारिताको पनि दिशा त्यता तिर मोडिएकै हुन्छ । कसले नेतृत्व गरेको छे भन्ने कुरामा भरपर्छ । कुनै देशको सञ्चारमध्यमको अध्ययन गर्दै छौँ भने त्यो देशको राजनितीक अवस्था थाहापाउनपर्छ,” विशिष्ट अतिथि ज्याखोले भने । 
उनले विश्वले हरेक देशलाई सञ्चारमाध्यद्धारा प्रकाशित विषयबस्तुको आधारमा चित्रण गरिने बताए ।
कार्यक्रममा भक्तपुरको स्थानिय पत्रिका श्रमिक पत्रिकाका भाषा सम्पादकसमेत रहेका अतिथि ज्ञानसागर प्रजापतिले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै समाचारको धार परिवर्तन हँदा सञ्चारमाध्यमहरुले बाहिरी दबाब खेप्नुपरेकोसुनाए ।   
कार्यक्रममा कलेजमा विगत एक दशकाभन्दा लामो समयदेखि आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन गराउँदै आउनु भएका शिक्षक पूर्ण भक्त दुवालले कलेजले विद्यार्थीहरुका चौतर्फी विकास गर्नै उदेश्यका साथ गोष्ठी जस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए । 
कार्यक्रममा कलेजका प्राचार्य तथा सभाध्यक्ष धन कुमार श्रेष्ठले गोष्ठी जस्ता प्रयोगात्मक कार्यक्रमहरुमार्फत विद्यार्थीहरुलाई व्यवसायिक बजारमा आवश्यक पर्ने सिप विकास गर्न कुरामा केन्द्रित रहेको जानकारी दिए । 
कार्यक्रममा गोष्ठीको अन्तिम कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । वागिश्वरी कलेजले हरेक वर्ष यसरी नै दोस्रो वर्षको निम्ति गोष्ठी आयोजना गर्दै आएको छ ।  
 

Comments