बाबुरामले गरे आफू डेमोक्रेटिक भएको खुलासा
भदौ १८, २०८२, बुधबार | राति ०९:५३ बजे | 205
काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भटराईले आफू डेमोक्रेटिक सिस्टममा विश्वास गर्ने व्यक्ति भएको बताएका छन् । कम्युनिष्ट हुनु भन्दा अगाडि आफू कांग्रेस पार्टीप्रति आस्था राख्ने व्यक्ति भएको उनले खुलाए ।
डा राजेन्द्र केसीद्धारा लिखित बैकल्पिक सोच नामक पुस्तकको बुधबार विमोचन गर्दै उनले यस्तो खुलाएका हुन् । जीवनभर कम्युनिष्ट पार्टीमा लागेका उनले अहिले आएर यस्तो खुलाएका हुन् । उनी अहिले कम्युनिष्ट सिद्धान्तलाई त्यागेर नयाँं वादमा छन् ।
उनी दसवर्षे जनयुद्धका कमाण्डरसमेत थिए । प्रचण्डपछि दोश्रो ठूलो नेता भएर नेपालमा दसवर्षे जनयुद्ध चलेको थियो । त्यही जनयुद्धको कमाण्डरका रुपमा भटराई थिए । उनकै नेतृत्वमा भएको दसवर्षे जनयुद्धबाट १३ हजार मानिसको मृत्यु भएको थियो । हजारौं घाइते अनि अंगभंग भएका थिए ।
फरक प्रसंगमा उनले ठूला पार्टीहरु बुढो भइसकेकोले उनीहरुलाई अव आराम गर्न दिनुपर्ने बताए । ठूला भनिने पार्टीहरु बुढो गोरु जस्तै भएको भन्दै उनले उनीहरुलाई गाली नगरी उनीहरुको योगदानको पनि कदर गरी उनीहरुलाई आराम गर्न दिनुपर्ने बताए । उनले भने, जसरी बुढो गोरुले खेत खन्न सक्दैन र उनीहरुलाई आराम गर्न पठाउनुपर्छ र नयाँं गोरु ल्याउनुपर्छ, त्यसरी नै ठूला दलहरुलाई अव आराम गर्नुपर्छ । नयाँं शक्तिहरुले काम गर्नुपर्छ ।
कार्यक्रमका अन्य वक्ताहरुले बुढो गोरुलाई आराम गर्न मात्रै दिने होइन कि नयाँं प्रविधि अनुसार गोरुको ठाउँंमा अव पावर टेलर ट्याक्टरले खेत खन्न लगाउनुपर्ने बताए । यसको अर्थ नयाँं शक्तिहरुले अवको राजनीति हाक्नुपर्ने उनीहरुको भनाई थियो ।
