तःमुंज्याले शोषित पीडित, निम्न वर्ग तथा मजदुर किसानको आवाज बोक्नुपर्ने


भदौ १७, २०८२, मङ्गलबार | राति ०७:०४ बजे | 185


तःमुंज्याले शोषित पीडित, निम्न वर्ग तथा मजदुर किसानको आवाज बोक्नुपर्ने

भक्तपुर । पैतालिसौं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा साहित्यकार एवं सा“स्कृतिक कर्मीहरुको भेला नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघिय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । देशको वर्तमान घटना परिघटनाहरुको बारेमा चर्चा गर्दै सुवालले साह्रित्य स्पष्ट र जनताले बुझ्ने भाषामा लेखिनु पर्ने औल्याउदै शोषित–पिडित, निम्न वर्ग तथा मजदुर–किसानको आवाज बोक्नु पर्ने बताउनु भयो ।
नेपालको शासक दलको कुकर्मले हाम्रो आफ्नो भुमी लिपुलेक, लिम्पियाधुरा, कालापानीमाथि नेपालको दाबी फितलो भएको बताउनु भयो । नेपालको दुर्गम एवं सिमानामा प्रशासनिक पहु“च नहुने हो भने थुप्रै भु–भाग भारतिय विस्तारवादले अतिक्रमण गर्ने प्रष्ट पार्नुभयो । घुसखोर कर्मचारीहरुको चंगुलले नेपालका सार्वजनिक प्रतिजग्गा भू–माफियाहरुको पकडमा पुगेको औल्याउनु भयो । 
वैदेशिक रोजगारको लागि विभिन्न देशमा पुगेका नेपाली चेलीहरु खुल्ला रुपमा बजारमा राखी विक्री गर्दै आएको रिपोर्टहरुको आएको बताउनु भयो । २०४५ सालको भाद्र ९ गतेको बार्षिक रुपमा हुंदै आएको भत्र्सना कार्यक्रमले नया“ नया“ तथ्यहरु बाहिर आएको बताउनु भयो ।
देश विदेशका घटना तथा दमनको बारेमा जनतालाई सुसूचित गरि अमेरिकी साम्राज्यवाद, भारतिय विस्तारवादको विरोध साहित्य मार्फत गर्नुपर्ने औल्याउनु भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सभासद् सुरेन्द्रराज गोसाईले युग सुहाउदो वर्गिय साहित्य सिर्जनाले मात्र समाजवादी गन्तव्य पुग्ने बताउनु भयो । आफ्नो भाषा संगसंगै विश्वमा बोलिने सम्पुर्ण भाषाको कदर नै भाषिक आन्दोलनको मुख्य एजेण्डा हुनुपर्ने अन्यथा फा“सीवादी विचार हुने औल्याउनु भयो  । तसर्थ साहित्यले इमान, नैतिकता कुरा गरि समाजको सेवा गर्नुपर्छ न कि पद, पैसा, शक्तिको भक्तिगान गाउने बताउनु भयो । साहित्यमा शैली र कलापक्ष पनि आव्रश्यक हुने भएकोले त्यसै मार्फत भ्रष्टाचार, गुण्डागर्दी, माफियाको विरोध हुनुपर्ने बताउनु भयो ।
जनकवि चन्द्रबहादुर उलकले शोषणको विरुद्धमा साहित्य लेखी जातिय विभेद, वर्ग संघर्ष र जनताको दुःख वेदना हटाउने हुनुपर्ने बताउनु भयो । पैतालिसौं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अ्रध्यक्ष रविन्द्र खर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भक्तपुर नगर समिति उपाध्यक्ष लक्ष्मीभक्त लासिवा, तःमुंज्या मुल समितिका अध््रयक्ष आशकुमार चिकंबन्जारले पनि बोल्नु भएको थियो । आयोजक समितिका उपाध्यक्ष श्यामसुन्दर मातांले स्वागत तथा साहित्य समितिका संयोजक लक्ष्मीसुन्दर कर्माचार्यले धन्यवाद ज्ञापन गरिएको कार्यक्रम सचिव राजन जतिले पनि बोल्नु भएको थियो ।

Comments