विश्व नेपाली साहित्य महासंघ काठमाडौ शाखाले अन्तराष्ट्रिय काव्य गोष्ठी


भदौ १७, २०८२, मङ्गलबार | विहान १०:०८ बजे | 300


विश्व नेपाली साहित्य महासंघ काठमाडौ शाखाले अन्तराष्ट्रिय काव्य गोष्ठी

विश्व नेपाली साहित्य महासंघ काठमाडौ शाखाले अन्तराष्ट्रिय काव्य गोष्ठी गरेको छ ।जूमबाट भएको सो काव्य गोष्ठीमा खोरिया प्रवर्तक एबं विश्व नेपाली साहित्य महासंघ काठमाडौका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं विनेसाम विश्व केन्द्रिय अध्यक्ष डा. लेखनाथ काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त काव्य गोष्ठीमा अध्यक्ष धड्कनले उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई स्वागत गर्नु भए पश्चात वाचन प्रारम्भ गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि काफ्लेले अनलाइनको माध्यमबाटसंसारलाई नजिकको सम्बन्ध बनाएको छ । फरक देश फरक ठाउँ भएपनि एकैपटक यसरी साहित्यिक भेट गर्न पाएकोमा विनेसाम काठमाडौ विशेष गरी अध्यक्ष धड्कन जी प्रति धन्यवाद व्यक्त गर्नु हुँदै नया समितिलाई बधाई र कार्क्रमको शुभकामना व्यक्त गर्नु भयो ।विशिष्ठ अतिथि विनेसाम उपाध्यक्ष सुन्ता राई कन्दन्वा,डा.देवी पन्थी,विनेसाम नेपाल अध्यक्ष,मणिराज सिंह,बाग्मती प्रदेश अध्यक्ष तोयानाथ सुवेदी,डा, बम बहादुर थापा जिताली,डा.सीता सुवेदी,कलानिधि दाहाल,रविन्द्र आशिस शैलीले शुभकामना मन्तव्य दिनु हुँदै रचना वाचन गर्नु भयो ।रचना वाचन गर्नु हुने अन्य आमन्त्रित साहित्यकारहरूमा द्वारिका कुईकेल,चन्द्रा न्यौपाने,गंगा अभिलाषी,सन्जना शर्मा,लक्ष्मी प्रसाद मिश्र,यज्ञलाल सुवेदी,बासु ठकुरी,दीपक पनेरु,रसज्ञ छहरा,गीत खनाल,अन्चु सुवेदी,मेघनाथ बन्धु,सुनिता अधिकारी,सीता शर्मा पन्थी,जोयोस जया,चन्द्रावती अधिकारी,सुधा बास्कोटा ढकाल,पवन बुढाथोकी लगायत ३१ जनाले वाचन गर्नु भएको थियो । महासचिव पवन बुढाथोकीले सन्चालन गर्नु भएको काव्य गोष्ठीमा अमेरिका,ताईवान र नेपालको सातै प्रदेशबाट जोडिनु भएको थियो अन्तमा अध्यक्ष जनार्दन अधिकारी धड्कनले प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थितिलाई धन्यवाद ज्ञापन गर्नु हुँदै हरेक महिनाको १ तारिख निरन्तर सन्चालन हुने यो कार्यक्रम जोडिनु हुन अनुरोधका साथ साहित्य,कला र संस्कृतिको सम्वर्दधन,संरक्षण र विकासमा आ-आफ्नो ठाउँबाट प्रयास गर्नु जरूरी छ भन्दै काव्य गोष्ठी औपचारिक समापनको घोषणा गर्नु भयो ।

Comments