चाँगुनारायण नगरपालिकाबाट डेरी उद्योग अनुगमन


भदौ १७, २०८२, मङ्गलबार | विहान ०९:५७ बजे | 205


चाँगुनारायण नगरपालिकाबाट डेरी उद्योग अनुगमन

प्रदिप ढकाल

भक्तपुर
भाद्र १७

चाँगुनारायण नगरपालिका अन्तर्गत वडा नं. ५, ६ र ७ का विभिन्न डेरी उद्योग तथा फार्महरूको नियमित अनुगमन गरिएको छ । नगरपालिकाको प्राविधिक टोलीले गरेको अनुगमनमा बास्तोला डेरी फार्म, खरिपाटी डेरी प्रा.लि., शिवपुरी फ्रेश डे डेरी र कालिका डेरी कम्पनी प्रा.लि. रहेका थिए ।

अनुगमन क्रममा स्थानीय तहमा दर्ता हुन बाकीँ डेरीहरूलाई ७ दिनभित्र स्थानीय तहमा दर्ता प्रक्रियामा आबद्ध हुनुपर्ने निर्देशन दिइएको छ । साथै उत्पादन, प्रशोधन र बिक्री वितरण प्रक्रियामा सफा–सफाइमा थप ध्यान दिनु पर्ने, प्याकिङ र लेभलिङलाई व्यवस्थित बनाउनुपर्ने सुझाव पनि दिइएको छ ।

अनुगमनका क्रममा मापदण्ड विपरीत पाइएका करिब ५० लिटर मोही तत्काल नष्ट गरिएको छ । यसले डेरी व्यवसाय सञ्चालनमा गुणस्तर कायम राख्नुपर्ने आवश्यकता देखाएको छ ।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राख्दै, गुणस्तरीय दुग्ध उत्पादन उपलब्ध गराउने वातावरण बनाउन यस किसिमका अनुगमनलाई निरन्तरता दिने जनाएको छ । साथै, मापदण्ड विपरीत पाइने उद्योगमाथि आवश्यक कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
 

Comments