लिपुलेक धुृुुरुधुरु रोयो !


भदौ १५, २०८२, आइतबार | विहान ११:०२ बजे | 150


 लिपुलेक धुृुुरुधुरु रोयो !

राजन कार्की
लिपुलेक–!
र लिपुलेकवासी,
किन?
एक्कासी  हठात्–आघात चिच्यायो?
आज ६५वर्ष पछि,
नेपाल–
(काठमान्डौ)ले हामीलाई किन सम्झियो ?
–––––              ––––––––          –––––––
हामी विगत ६५ वर्ष देखि–
नेपाल राज्यको भाग(अङ्ग)थिएनौ ।
हामी नागरिक विहिन,
अनि राज्य विहिन थियौ ।
नेपाल(काठमाडौं) को लागि, विकट–काम नलाग्ने,
बन्जर भुमि–थियौ–भयौ ।
हामी,
जंगली विकाशक्रमको मानव झै–
वारि बस्थ्यौ–पारी जान्थ्यौ ।
पारी बस्थ्यौ– वारि आउँथ्यौ ।
पशु–जनावार झै–छौ–रहन्छौ ।
र– रहने छौ ।
हामीलाई किन आज सम्झना?
हामी,
वन्दगी हौ,वेचिएका छौ । 
साटिएका छौ ।
हामी हेलित छौ,
मुल ग्रहमा परेका छौ ।
–––––––––––          –––––––––         ––––––
ओ !
नेपाल( काठमाडौ )?
तिमिहरुलाई ,
लिपुलेक,
चाहिन्छ र?
काठमाडौं –
उपत्यका भए पुगि हाल्यो नि !
उपत्यका–
भन्दा पर पनि नेपाल छ र?
कथित,
तिमिहरुको,
अनाडी÷ षडयन्त्रकारी÷छलछामको फलमा मख्खिचुस,
तीन “र“ का जननि?
धन सम्पतिका लोभी डाडेहरु हो!
अनि–
लाटो देशका गाँडो तन्नेरी,
मुर्खता–कटुकता पुर्ण ,
प्रतिसोध शक्ति वाहेक,
तिमिहरुको पनि–
सरकार÷(सर्कार),
देश–नागरिक छ र?
––––––––––            ––––––––       ––––––––
यसैले ! अझै !!
हामीलाई पीडा नदेउ ।
नजिस्क्याँउ,
नारायणगोपालले भनिसकेका छन्।
“ म जे छु ठिकै छु
 विथोल्न नआउ“।
तिमिहरु जस्तो! 
पैसाको लागि देश वेचुवा हैनौ हामी,
नागरिक वेचुवा पनि होईनौ।
आमा बन्धगी राख्ने होईनौ, 
हामी अझै देशभक्त छौ ।
यसैले त!
शक्तिशाली!
तीन देश लगायतको– 
आँखाको नानी भएका छौ ।
विस्फोटको तारो भएका छौ ।
यसको सव जिम्वेवारी ÷
नेपाल(काठमाडौ)
तिमिले लिनुपर्छ।
––––––––––        –––––––––        ––––––––
ए!–गान्धि–मास्का धोतीदारीहरु हो–
तिमिहरुको–
ऐतिहासिक–
राष्ट्रिय विभुतिहरु खै? 
उनिहरुको सिदान्त खै?
सवकासव सिध्यायौ हैन?
यसको सजाएँ पनि भोग्नु पर्छ ।
पारै छैन–सुखै छैन ।
तिमिले मात्र हैन– 
तिम्रा सन्तान–दरसन्तानले समेत,
अवश्य–भोग्नुपर्छ ।
––––––––––          –––––––––        ––––––
तिमिहरुको कथित भाषामा,
सामन्ति भनिएकाहरुले,
वरु देश वनाएँ–जोगाए–विकाश गरे–
परन्तुःतिमिहरु !
धुन्दकारीहरुले देश सक्यौ ।
भो!
हामी वाक्क–दिक्क भईसक्यौ ।
हामीलाई–
सम्झने प्रयास पनि नगर्नु ।
तिमिहरुको,
देखावटी÷ वनावटी मुस्कानले,
हामीलाई–
पीडा–मात्र– पीडा दिन्छ ।
अतहः
हामी गोत्रवाट अलग भईसक्यौ ।
––––––          ––––––––           –––––––
भर्खर–मात्र,
लिपुलेक !
कथित देशका–
मुखियाहरुको दोग्ला भाषामा–
अझै!
धुरु÷धुरु–हिक्क÷हिक्क,
छाति फोडेर–
मुन्टो वजार्दै–
सुक्क÷सुक्क रोईरहेको छ ।
यो देशभक्त,
आत्मा–आवाजको
यो–गुहार÷गुहार प्रति,
पुरै व्रमाण्ड र,
शक्तिराष्ट्रहरु,
कुटिल मुस्कानका साथ,
मौका सहित–
तमाशा हेरी गिज्याई रहेको छ ।
लिपुलेक!
अझै धुरुधुरु रोईरहेको छ ।।

फाेटाेमा हेर्नुहाेस्...

 लिपुलेक धुृुुरुधुरु रोयो !

Comments