पूर्व न्यायाधीस् राजेन्द्रकुमार भण्डारीको आत्मप्रकाश सार्वजनिक
भदौ १४, २०८२, शनिबार | राति ०७:५२ बजे | 235
प्रताप राना
काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीस् राजेन्द्रकुमार भण्डारीद्धारा लिखित कृति आत्मप्रकाश (निवन्ध) शनिबार राजधानीमा एक भव्य कार्यक्रम गरी विमोचन गरिएको छ । सर्वोच्च अदालतका अर्का पूर्व न्यायाधीस् प्राध्यापक टोपबहादुर सिंहले कृतिको विमोचन गरेका हुन् ।
पुस्तकको सम्पादन प्राडा कृष्णप्रसाद दाहालले गरेका थिए । पुस्तकको प्रकाशन मनमती साहित्य समाजले गरेको हो । पुस्तक ४०४ पष्ठ लामो रहेको छ । पुस्तकको मूल्य रु ५०० राखिएको छ ।
पुस्तक १५ खण्डमा विभाजित छन् । पुस्तकमा पूर्व न्यायाधीस् भण्डारीले न्याय क्षेत्रमा गरेको लामो अनुभब समेटिएको छ । पुस्तक सार्वजनिक कार्यक्रमका वक्ताहरुले आत्मकथामा लेखकहरुले आफनो प्रशंशा मात्रै गर्ने परिपाटी भइरहेको बेला भण्डारीको पुस्तक भने त्यस्तो नभएको बताए । उनीहरुले भण्डारीको पुस्तकमा न्याय क्षेत्रको लामो अनुुभब समेटिएको बताए ।
कार्यक्रमको सभापतित्व मनमती साहित्य समाजका अध्यक्ष तथा नेपाली साहित्यमा समालोचना क्षेत्रमा सुप्रसिद्ध समालोचक प्राडा कृष्णप्रसाद दाहालले गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव जनकराज अधिकारीले गरेका थिए ।
कार्यक्रममा प्रकाशित पुस्तकको समिक्षा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहाल, कवि साहित्यकार ठाकुरप्रसाद शर्मा, ज्ञानगुणका प्रधान सम्पादक शेषराज सिवाकोटीलगायतले गरेका थिए । कार्यक्रममा लेखककी धर्मपत्नी कल्पना भण्डारीले पनि बोलेकी थिइन् । साथै मनमती साहित्य समाजका संरक्षक घनश्याम राजकर्णिकारलाई बाङमय नियात्रा पुरुषको रुपमा घोषणा गरियो । साथै उनकोबारेको पुस्तक प्रकाशित गर्ने घोषणा पनि गरियो ।
