गाईजात्रा
भदौ १३, २०८२, शुक्रबार | दिउँसो ०२:०४ बजे | 85
राजन कार्की
हरेक वर्ष,
समाजका समस्या÷ विकृति÷विसंगतिलाई,
पस्तुत गरि,
हामीलाई उत्साहित गर्दै,
समाजलाई सहि दिशावोध गर्ने,
आफ्नै मौलिक,
प्रजातन्त्र÷मानवअधिकारको
साक्षात अर्को रुप, हो ।
गाईजात्रा÷
यसपाली पनि
आएर÷ सक्किएर गईसकेको छ ।
०००० ०००० ००००
गाईजात्रा–
अब गाईजात्रा रहेन्।
मानव जात्रा भो ।
अचेल–नेपालमण्डलमा भएको रमिता?
दैनिक जसो हुने ?
हाम्रा सामाजिक
विक्रृति–विसंगति,
कथित आधुनिक जिवनशैली, उच्चस्तरिय,गाईजात्रा हुन् ।
गाईजात्राका पनि
महा–गाईजात्राहरु हुन् ।
चिया पसल–देखि मदिरालय
भन्ज्याङ्ग चौतारी देखी
संसद भवन संम्म
भएका–घटना उप–घटना
विचार÷हरकदले
सायदः
हाम्रा ऐतिहासिक गाईजात्रालाई मधुरो ÷ धमिलो र फिका
वनाई दिएको छ ।
०००० ०००० ००००
यसैले अव? कुनै विषय चाहिएन ।
घटना चाहिएन ।
गाईजात्रा चाहिएन ।
हुन सक्छः
आफ्नै निरन्तर पहिचानको
परंम्परागत÷ मल्लकालिन साँस्कृतिक ÷ सम्पदा
पर्व मनाउँनुकोअब अर्थ पनि रहेन ।
अतहः
अव
हामीलाई मानव जात्रा चाहियो ।
यो कथित
गान्धिमाक्स जात्रा चाहियो
एमसिसि जात्रा चाहियो
विदेशीवाद÷ जात्रा–
भ्रष्टाचार लिला चाहियो–
धनसम्पति जात्रा चाहियो ।
विदेशी हस्तक्षेप जात्रा चाहियो ।
नागरिकता विधेयक जात्रा चाहियो।
०००० ०००० ००००
यता
जात्रा हुदै र हेरिदै थियो–
उता
अकास्मातः
नेपालमाण्लको निलो आकाशमा
पश्चिमा
युद्धपोत विमानको
कर्कश आवाज सुनियो–
एकैक्षणमा
बम वारुतको वर्षा शुरु भो–
दिउँसै अन्धाकार भो ।
सन्नाटा छाँयो ।
नेपालीले चाहेको वास्तविक जात्रा तव शुरु भो ।
तुरुन्तै लाशको पर्वत वन्यो
कुरुक्षेत्र भयो–
नेपालभुमि रगतको आहलमा वस्यो
रगतको कुन्डवन्यो ।
नेपाली÷गोर्खालीहरु
नागरिकहरु,
फौजी झै,
ताति लागेर देश छाडिरहेका थिए ।
कोहि भने घरभित्रै
अझै तीन “र“ मै रमाईरहेका थिए ।
अशल÷ देशभक्तहरु
आम नागरिकहरु,
न्याउरी मारी
पछुतो काढिरहेका थिए ।
मौका÷ समय गईसकेको थियो ।
जात्रा झन् उत्तेजित भयो–
मानव संघार बढ्यो ।
सवैको आँखामा,
केवल÷ मात्र केवल
पश्चातापकोआँसु बगिरहेको थियो ।
०००० ०००० ००००
कविता सुनि÷हेरी रहनु भएका–
आदरणिय÷
पाठक÷ दर्शक
मोहोदय?
कविता सकियो ।
मैले कामना गर–सवैलेकामना गरौ ।
अवका केहिवर्षमा आउँने जात्राहरु
यस्ता नहोउँन ।
०००० ०००० ००००