अन्तराष्ट्रिय खोरिया तीज गीत महोत्सव सम्पन्न
भदौ १२, २०८२, बिहीबार | राति ०९:०० बजे | 160
खोरिया साहित्य सिर्जना नेपालले सातौं अन्तराष्ट्रिय खोरिया तीज गीत महोत्सव सम्पन्न गरेको छ ।गुगल मिटबाट भएको महोत्सवमा खोरिया प्रवर्तक एबं चन्द्रागिरि साहित्य प्रतिष्ठान,विश्व नेपाली साहित्य महासंघ काठमाडौका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं डा.सीता सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महोत्सवमा लक्ष्मी प्रसाद मिश्रले स्वागत र संगीता खरेल(संगी काली)ले कार्यक्रम संचालन गर्नु भएको थियो ।
खोरिया तीज विशेष महोत्सवको समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि सुवेदीले खोरियाले गरेको यस किसिमको महोत्सवले सास्कृतिक जागरण,लोक भकाको संरक्षण र साहित्यको प्रवर्द्धनमा ठुलो योगदान पुर्याएको छ भन्नु हुँदै हामीले गाउँदै आएका कतिपय तीज गीत पनि खोरियामा पो पर्दो रहेछ जानकारी भयो भन्नु भयो ।उहाले आज गाईएका तीज खोरिया समसामयिक,मौलिक लाग्यो । विकृति र विसंगती प्रतिको प्रहार र सास्कृतिक महिमा पनि प्रस्तुत भए ।तीजमा शुद्ध आहार खानु पर्ने दर भन्दै कतै बाटो बिराएको त होईन ?आम्दानी भन्दा खर्च बढिरहेको सन्देस खोरिया गीतले दिएको र यो कार्यक्रमले तीजका चेलीवेटीलाई सम्झेर माईती आए जस्तै भयो भन्नु हुँदै धन्यवाद र शुभकामना दिनु भयो ।खोरियामा नै यसरी भन्नु भयो -ससक्त बन्ने प्रेरणा पाउनु पर्छ हे आमा फैलियोस् प्रेम भावना शुभकामना विशिष्ठ अतिथि डा.देवी पन्थी र जगदीश्वर पोखरेलले महोत्सवलाई शुभकामना दिनु हुँदै आफ्नो रचना गीत प्रस्तुत गर्नु भयो महोत्सव ५.३० बजे देखि ६.१५ बजेको समय सिमा भित्र जोडिनु भएकाहरुले मात्र प्रस्तुती दिन पाउने व्यवस्था अनुरूप डा.देवी पन्थी,जगदीश्वर पोखरेल,लक्ष्मी प्रसाद मिश्र,बासु ठकुरी,पवन बुढाथोकी,चन्द्रा न्यौपाने,सूचिता काफ्ले,चन्द्रवती अधिकारी,सुशीला पोखरेल,गीत खनाल,रसज्ञ छहरा,घनश्याम पौडेल,सन्जना शर्मा,शुरेश घिमिरे,रूपा अधिकारी,तुलराज पाण्डे,कल्पना मरासिनी,जानुका थापा रायमाझी,सरस्वती श्रेष्ठ,संगीता खरेल लगायत २५ जना खोरिया रकेटरहरूले खोरिया तीज गीत प्रस्तुती गर्नु भएको थियो । अन्तमा खोरिया प्रवर्तक एबं सभापति जनार्दन अधिकारी धड्कनले खोरियालाई तीजको गीतमा लेख्दा दोस्रो पङ्तिको अनुप्रास र चौथो पङंतिको अनुप्रास मिलाएर लेख्नु पर्छ ८/८/८/५ को अक्षर गणनामा चार पङ्तिमा लेखिएका सबै खोरिया गद्य कविता हो तर खोरिया लोक छन्द हो जसलाई खोरिया छन्दको रुपमा विकास गरिएको छ । छन्दको रूपमा यसलाई ३/२/३ ३/२/३ ३/२/३ २/३ अक्षर संम्रचनामा लेख्नु पर्छ भन्नु हुँदै प्रमुख अतिथि लगायत सबैमा धन्यवाद दिनु हुँदै आजका सहभागी सबैलाई प्रसंसा(सम्मान पत्र)प्रदान गरिने जानकारी गराउँदै महोत्सव औपचारिक रूपमा विसर्जन भएको घोषणा गर्नु भयो ।
