म वफादाँर कुकुर


भदौ १२, २०८२, बिहीबार | दिउँसो ०१:२८ बजे | 235


 म वफादाँर कुकुर

राजन कार्की
   
म 
गर्वसाथ भन्छु–
घमण्डै सहि–

बफादार कुकुर हुँ ।
यसो भनिरहँदा
मेरो शिर गर्वले उँचो हुन्छ
स्नेहले पग्लन्छ
मान– सम्मानले द्रवीभूत हुन्छ ।
झन महान हुन्छु– फुल्छु ।
देश दुखेको वेला?
म अझ खुशी र स्वस्थ हुन्छु?
तै तै वेलैमा–
एमसिसि गरिएछ÷
नभए नागरिकले धेरै अगाडि लखेटि सकेका हुन्थ्ये । 
००००           ००००        ००००
कुन्नि के भएर हो? 
बुद्धि हराएर हो वा केले हो?
एक समय थियो ।
म एमसिसि विरोधी थिए ।
अचेल ?
एमसिसि प्यारो पो लाग्न थाल्यो ।
बेकार विरोध गरिएछ । 
मालिकको चित्त दुखाईएछ–
जति देश गद्धार  गर्दा पनि दुई छिमेकिले ?
म माथि अझै विश्वास गरेनन्?
हुनसक्छः
उनिहरुले सोचे–
आफ्नै देशलाई धोका दिनेले हामीलाई धोका नदेला र??
दुई छिमेकीले अगाँलो मारेर 
मेरो छाति रोपेको पत्तै पाईन ।
वास्तममा– 
तथ्य बोल्नुपर्छ ।
मेरो अब्बलता त्यो थिएन ।
किनभने?
४७÷४८ साल तिर
रत्नपार्कको गणेश मन्दिर छेउँमै वेचिने ५ रुपये
गणेश राफल चिठ्ठा परेको थियो ।
हावामै ?
हत्याहंशा÷ लुटपाट÷ झै–झगडा
वलत्कार÷ ठगी चोरी 
गरेका सवै नकारात्मक कामलाई 
नागरिकमा भ्रमपार्न दफल भई–
नेता जो भएको थिए ।
००००          ००००      ००००
देश यतिखेर 
आक्रान्त्र हुदाँ
विश्वमान चित्रवाटै
लोप हुने लक्षण हुदाँ पनि
मलाई भने गान्धिमाक्स नै प्यारो छ।
अझ÷ वरु –
मलाई यिनिहरु?
प्रति घृणा जागेर आउँछ ।
पृथ्वीनारायण ÷ वुद्ध ÷ अरनिको÷ फाल्गुनन्द÷ शंखधर लगायत
हाम्रा विभुति भनउँदाहरु प्रति 
म दिनँहु रोष ब्यक्त गर्न चाहान्छु ।
यो अवस्थाले–
मेरो मन?
खुशी र सफलताले 
तान्डव नृत्य गरिरहेको छ।
मलाई गर्व लागिरहेको छ ।
मैले –
मेरो देश –
नागरिकहरुलाई –
धोका दिन सकेकोमा –
म 
तृप्त भएको छु।
००००          ००००       ००००
पछिल्लो समय?
१२ वुदेँ–
सम्झौताको
सफलतालाई भुतो ना भविश्यः
म सफल रहे ।
मेरो ध्येय?
केवल÷ केवल
तीन“र“ थियो
अरु त मात्र वकबास थियो ।
हरिया डलर÷ भारु विदेशी विनिमय
प्रति म सदा ऋणि रहने छु ।
कोटको खल्तिको 
आईफोन बज्यो–
हेलो÷ 
हेलो÷÷
अवको 
२४ घन्टा भित्र हामी नेपाल 
आक्रमण गर्दैछौ।
टोलि तयार राख्नु?
विमान पठाई दिएका छौ 
फेरि दायाँवायाँ होईन नि??
एयरपोर्ट पुग्दा नपुग्दै
नागरिकको मानव सागरमा परियो ।
यसपछि?
मेरो दिमाग शून्य भयो ।
कतै एक मनले भनिरहेको थियो–
गान्धिमाक्स( काङ्ग्रेस ÷ कमनिष्ट)
जिन्दावाद।।
यसैले त ?

गर्व साथ भन्छु–

बफादार कुकुर हुँ ।
 

Comments