मोतीराम भट्टको १६० औ मोती जयन्तीमा गजल गोष्ठी 


भदौ ६, २०८२, शुक्रबार | दिउँसो ०३:२४ बजे | 65


मोतीराम भट्टको १६० औ मोती जयन्तीमा गजल गोष्ठी 

भक्तपुर, ६ भाद्र । वागीश्वरी मा.वि., वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको नेपालीभाषा शिक्षण विभागको संयुक्त आयोजनामा नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको १६० आंै मोती जयन्ती गजल गोष्ठी गरेर मनाइयो । गोष्ठीमा अनाम मण्डलीका अध्यक्ष रुपक अलङ्कारले वागीश्वरीले विगत लामो समयदेखि निरन्तर गजल गोष्ठी गरेर मोती जयन्ती मनाइरहेको जानकारी पाउ“दा औधी खुशी लागेको बताउ“दै यसबाट नया“ नया“ गजलकार जन्मि“दै जानेमा विश्वास व्यक्त गर्नुभयो । 
कुनै पनि व्यक्ति नामले नभई कामले अमर हुने चर्चा गर्दै उहा“ले मोतीराम भट्टले ३० वर्षको छोटो जीवनमा धेरै महŒवपूर्ण काम गरेकाले अहिले उनी अमर भएका छन् भन्नुभयो । उहा“ले भन्नुभयो – ‘मोतीराम कवि, गजलकार, जीवनीकारलगायत विभिन्न वहुआयामिक व्यक्तित्वका धनी व्यक्ति हुन् ।’
कुशे औंशीका दिन जन्मेका उनी तीस वर्षपछि कुशे औंशीकै दिन मृत्यु भएको जानकारी दि“दै उहा“ले मोतीराममा बहुआयामिक प्रतिभा भए पनि मूलतः उनी गजलकारै थिए भन्नुभयो । 
नेपाली साहित्यमा मोतीरामको उदय नभएको भए भानुभक्त आचार्य आदिकविको रुपमा हामीले सायद चिन्न पाउ“दैनथ्यौं भन्दै उहा“ले नेपाली साहित्यमा श्रृङ्गारिक रसका गजल र कविताको रचनाले मोतीराम युवाकविबाट विभूषित छन् भन्नुभयो । 
आÇना केही गजलहरु गाएर सुनाउ“दै उहा“ले विद्यार्थीहरुलाई निरन्तर लेख्न सुझाव दिनुभयो । 
गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं वागीश्वरी मा.वि.का पूर्वशिक्षक चन्द्रप्रसाद ढकालले गोष्ठीमा वाचित गजलहरुको सङ्क्षिप्त विवेचना गर्दै यसअघि गजल प्रशिक्षण कक्षामा बसेका अधिकांश विद्यार्थीहरुले गजलको नियमानुसारै गजल रचना गरेकोमा खुसी व्यक्त गर्नुभयो । 
यही गजल गोष्ठीको लागि गत भाद्र १८ गतेदेखि उहा“ले एक हप्ता गजल लेखन अभ्यास चलाउनुभएको थियो । 
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएको उक्त गोष्ठीमा कक्षा ११–१२ का संयोजक ज्ञानसागर प्रजापतिले लेखकले आÇनो रचनालाई सन्तानतुल्य माया गर्नुपर्ने बताउनुभयो ।
शिक्षक हरिप्रसाद बास्टोलाले स्वागत मन्तव्य राख्नुभएको उक्त गोष्ठीमा शिक्षक शङ्कर आचार्यले मोतीराम भट्टको सङ्क्षिप्त जीवनीवाचन गर्नुभएको थियो । 
शिक्षक हिरालाल फु“यालको संयोजनमा भएको उक्त गोष्ठीमा शिक्षकद्वय नवीन्द्रलाल कर्माचार्य र गनुराज राईले पनि गजल गाउनुभएको थियो भने गोष्ठीलाई थप गजलमय बनाउन सन्तोष दुभीको गायन समूहले गजलहरु गाएको थियो । समूहमा दुभी हार्मोनियम, कुन्दनराज शाह तबला, आदेश गुर्माछा गितार र विजय खालिङ प्रकसनमा रहनुभएको थियो । 
अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको उक्त गोष्ठीमा पार्वती मानन्धर, गोमा भट्टराई लगायत दर्जनभन्दा बदी नवोदित गजलकारहरुले गजल वाचन गरेका थिए ।
 

Comments