सूचक कृष्ण बहादुर विशिष्ट साहित्य सम्मान-२०८१ का लागि चयन भएका साहित्यकार विमल प्रसाद अर्याल


भदौ ४, २०८२, बुधबार | राति ०७:०९ बजे | 640


सूचक कृष्ण बहादुर विशिष्ट साहित्य सम्मान-२०८१ का लागि चयन भएका साहित्यकार विमल प्रसाद अर्याल

सूचक कृष्ण बहादुर विशिष्ट साहित्य सम्मान-२०८१ का लागि चयन भएका साहित्यकार विमल प्रसाद अर्यालको सामान्य परिचय प्रस्तुत गरिएको छ : पिता बद्री प्रसाद अर्याल र माता रमादेवी अर्यालका सुपुत्रका रूपमा २०१८ साल पौष १ गते काठमाडौँको जोरपाटीमा जन्मिएका विमल प्रसाद अर्याल नेपाली साहित्य, समाजसेवा र सांस्कृतिक क्षेत्रका सक्रिय तथा प्रेरणादायी व्यक्तित्व हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर (M.A. Economics) सम्मको अध्ययन गरेका छन् । साहित्यिक यात्रा साहित्यप्रतिको झुकाव उनमा सन् १९८१ (वि.सं. २०३८) बाटै देखिन थालेको हो । त्यसयता कविता, कथा, संस्मरण, निबन्ध, लेख, मुक्तकदेखि सुसेलीसम्मका विविध विधामा उनका रचना निरन्तर प्रकाशित हुँदै आएका छन् । विभिन्न पत्रपत्रिका र संकलनमार्फत उनको साहित्यिक उपस्थिति निरन्तर रहँदै आएको छ । प्रकाशित कृतिहरू समृद्धि (संयुक्त मुक्तक सङ्ग्रह, २०७९) आवरण (कविता सङ्ग्रह, २०८१) अन्तर्मनका तरंग (कथासङ्ग्रह-२०८२) संस्थागत संलग्नता २०४३ सालमा साहित्य सदन नेपाल का संस्थापक सदस्य तथा निवर्तमान कार्यसमिति सदस्य २०४६ सालमा भैरव पुरस्कार गुठी का संस्थापक सह–सचिव तथा निवर्तमान कोषाध्यक्ष अभिनव साहित्य समाज का वर्तमान उपाध्यक्ष स्रष्टा पदयात्रा नेपाल र कल्पतरु प्रज्ञा प्रतिष्ठान का उपाध्यक्ष घुम्ती कविगोष्ठी नेपाल का संस्थापक तथा वर्तमान सदस्य साहित्यकार उपचार कोष का कार्यसमिति सदस्य अभिनव प्रभा त्रैमासिक र राष्ट्रिय सुसेली फाउन्डेसन का संरक्षक सदस्य । पुरस्कार स्थापना अर्यालले आफ्ना परिवारजनको नाममा अक्षयकोष स्थापना गरी साहित्यिक पुरस्कारहरू सञ्चालन गर्दै आएका छन् : सुरभि–रमा–बद्री पुरस्कार : निबन्ध विधाका लागि प्रत्येक वर्ष माघ महिनामा रु. २५,०००/- घुम्ती–रमा–बद्री पुरस्कार : काव्य विधाका लागि प्रत्येक वर्ष श्रावण महिनामा रु. १०,०००/- अभिनव कमला संघर्षशील नारी सम्मान (२०८२) : समाजका विभिन्न क्षेत्रमा सक्रिय संघर्षशील नारीलाई रु. २५,०००/- सहित कदरपत्र सदस्यता र संलग्नता अर्याल रचना द्वैमासिक, कपन बानेश्वर मासिक, कल्पतरु मासिक, मुक्तकसागर त्रैमासिक, आलेख मासिक, नरेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार अक्षय कोष, अभिव्यक्ति अक्षय कोष लगायतमा आवद्ध छन् । यस्तै मनोहरा साहित्य समाज का सल्लाहकार/विशिष्ट सदस्य चामुण्डा विकास तथा संरक्षण कोष, रमेश विकल साहित्य प्रतिष्ठान, सुरभि साहित्य प्रतिष्ठान, मानव अधिकार तथा शान्ति समाज, असहाय गाई/बाछा संरक्षण अभियान लगायतमा आजीवन सदस्यका रूपमा कार्यरत पाइन्छन् । सामाजिक योगदान साहित्यसँगै समाजसेवामा पनि उनको योगदान उल्लेखनीय छ । सन् २००८ देखि लायन्स क्लब अफ गोकर्णेश्वरमा सक्रिय रहँदै क्लब अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अर्याल हाल लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५–D का वरिष्ठ सल्लाहकार (Senior Advisor) का रूपमा कार्यरत छन् । यसरी विमल प्रसाद अर्याल साहित्यिक सिर्जना, संस्थागत सक्रियता, पुरस्कार स्थापना र समाजसेवा मार्फत नेपाली समाजमा बहुआयामिक योगदान पुर्‍याउँदै आएका प्रेरणादायी व्यक्तित्व हुन् । अत : लेखनका साथसाथै सामाजिक विकासको बहुआयामिक क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत उनलाई सूचक कृष्ण बहादुर विशिष्ट साहित्य सम्मान-२०८१ अर्पण गर्न लागिएको छ । अर्याललाई हार्दिक बधाई तथा शुभकामना ।

Comments