पुस्तक चर्चाः फूलका फिलिङगामा कवि इन्दुल 


भदौ ३, २०८२, मङ्गलबार | साँझ ०५:२५ बजे | 270


पुस्तक चर्चाः फूलका फिलिङगामा कवि इन्दुल 

विष्णु ओली 
यो इन्दुलको हालै प्रकाशित कविता संग्रह को नाम हो ।
चौरासी वसन्त पार भइसकेका इन्दुलमा अहिले पनि वाल सुलभता चौवनको चञ्चलता र बुढौलिको ज्ञानको भण्डार पाइन्छ । कुनैपनि कुरालाई सकारात्मक दृष्टिले हेर्नै उहाँको वानी रहेको छ । उहाँ सबैलाई केहि गरौ त्यसै नवसौ भनेर घचघच्याई रहनु हुन्छ । त्यसैको प्राप्ती माथि उल्लेखित कविता संग्रह हामीले पाएका छौ । इन्दुलका वारेमा कवि विष्णुओली आफ्ना भाव यसरी व्यक्त गर्दछन् ।
 फूलमा पनि फिलिङगा देख्छन् इन्दुल 
पवित्र मनले वाग्मती लाई गङगा देख्छन् इन्दुल 
हो उनि पिर व्यथाको जीवन भुलेर 
व्रहमाण्ड लाई नै उडने चंडगा देख्छन् इन्दुल ।
हो उनिपनि चराझै कविता , संगीत  भजन पत्रकारिता संस्कृति विविध क्षेत्रमा सक्रियता का साथ लागि रहेका छन् । भक्तपुरमा उहाले कला संस्कृतिका लागि धेरै कार्यहरु गर्नु भएको छ । कानूनका ज्ञाता इन्दुल वरिष्ठ प्रशासक पनि हुन । शान्त परोपकारी स्वभावका इन्दुल अत्यन्त मिलनसार छन् । 
प्रा ० डा कृष्णप्रसाद दाहालको भनाइमा यिनी श्रीखण्ड हुन चनौटोमा न घोटे सम्म यिनको व्यक्तित्व को सुवास थाह पाउन सकिन्न । हो बहुआयमिक व्यक्तित्वका धनि डा इन्दुल को फूलका फिलिङगा प्रकाशित भएर पुस्तक प्राप्त हुनासाथ उहाँले मलाई बोलायर ल तपाईलाई उपहार भन्दै पुस्तक दिनुभयो ।
प्रस्तुत पुस्तकमा एउटा अंग्रेजी एउटा नेवारी र निर्गुण भजन सहित ३० वटा कविता रहेका छन् । विविध विषय का असंख्य पुस्तक लेखि सकेका डा इन्दुल प्रस्तुत संग्रहमा पनि जे देख्छन् त्यहि लेख्छन् । सच्चा कवि त्यहि हो जस्ले समाजलाई सत्यकुराको जानकारी गराउछ नकि चाकरी गर्छ । 
 पत्रपत्रिकामा समाचारको वर्षा हुन्छ 
कार्यविधि र मापदण्डको पर्खाल भत्कन्छ 
तक्मा र विभुषण को गरिमा धुलिसात हुन्छ 
हो उनले यर्थाथ झल्काएका छन । याहा राम्राले हैन हाम्राले तक्मा विभुषण पुरष्कार प्राप्त गर्दछन् राम्राको कुनैकदर छैन भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् 
त्यस्तै उनि लेख्छन् 
नेपाली हरुको यो देशमा के छैन सवथोक छ
अनैतिक अत्याचार व्यभिचार सर्वत्र व्यापक छ भनेर वर्तमानप्रति असन्तुष्टि पोखेका छन् ।
प्रा० डा० कृष्णप्रसाद दाहालको सम्पादनमा प्रस्तुत पुस्तक नेपाली साहित्य आकासमा एउटा नविनतम प्रयोगको रूपमा आएको छ । सन्तुलित आकारको प्रस्तुत पुस्तक एकै बसाइमा पढी सकिन्छ । याहा पुस्तकमा वारेमा धेरै लेख्नु भन्दा पाठक हरुले पढेर आफ्ना विचार राख्नु हुने नै छ । धेरै के लेखौ अझै अरु कृतिहरु पनि नेपाली साहित्य जगतले पावस उहाँलाई हार्दिक शुभ कामना व्यक्त गर्दछु ।

Comments