ईश्वर अनुभूति सार्वजनिक
भदौ १, २०८२, आइतबार | विहान ११:४० बजे | 95
काठमाडौँ । हिजो साउन ३१ गते काभ्रेपलाञ्चोकको विश्व शान्ति ध्यान केन्द्रको आयोजनामा काठमाडौँमा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा स्वामी कल्याणमित्रद्वारा लिखित ‘ईश्वर अनुभूति’ पुस्तकलाई प्रमुख अतिथि डा. गोविन्द टण्डन, विशेष अतिथि हरि मञ्जुश्री, माता दक्षिणकाली, डा. इन्दुल केसी र डा. कृष्णप्रसाद भट्टराईले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । स्वामी कल्याणमित्रको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केबी सम्राटले र पुस्तकको समीक्षा उद्धवप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा डा. कृष्णप्रसाद दाहाल, चूडाप्रसाद चौलागाईं, माया बादे, रामप्रसाद शर्मा आदिसहित विभिन्न भक्तजनको उपस्थिति थियो ।
