मेरो भक्तपुर ...


साउन ३१, २०८२, शनिबार | दिउँसो ०२:३८ बजे | 105


मेरो भक्तपुर ...

आज भाेलि गाईजात्रामा व्यस्त छन् । आज कृष्ण अष्टमी कृष्ण घुमाउन ल्याउने दिन हो । हिजो आज भक्तपुरवासीहरू गाईजात्रामा वर्ष दिन दिक्क र दु:खले आलस्य जीवन विताई रहेकाहरूलाई र वर्ष दिन भित्र स्वर्गवास भएकाहरूलाई गाईजात्राको दिनमा सम्झने दिन हो । स्वर्गवास भएका मृत्क परिवारले सो व्यक्तिको सम्झनामा गाई वनाएर दु:ख हरण गर्ने हेतुले त्यो यो चाँड मनाउने हो । गाईजात्राको रूपमा परम्परादेखि नै मनाउँदै आईरहेको हाम्रो इतिहास छ । यो साँस्कृतिक परम्परा नै हाम्रो सम्पदा र सभ्यता भै सकेको छ । यो गाईजात्रामा ८-१० दिन सम्म काठमाण्डाै उपत्यकामा उल्लासमय तवर ले बाजागाजाका साथ रमाईलो गर्ने चलन छ । त्यो दिन देखि १० दिन सम्म अटुट रूपमा गाईजात्रा रूटमा ख्याल,नाटक,अगुँल झ्या झ्याप: झ्याउरे नाच ,भालु नाच, गाईचा नाच, कपास फेनेगु, किजापूजा,( तिहारको ) दृष्य भैँल द्य प्याखँ, महाकालि नाच, भैरव नाच,ध्याचो दिने नाच र लाखे नाचहरू टोल टोलमा नाका नाकामा देखाई जनतालाई सचेत गराउने चलन छ। गाईजात्राकाे दिनमा टोल टोलवाट ताहामचाको गाई संगै घिङताङघिसी जोडी जोडी वनाई लठ्ठी जुडाई,केटा नै केटीको पोशाकमा केटी बनेर , केटासंगै नाच्ने लठ्ठी जुडाउने ,केटीले केटालाई अंन्तिममा रक्सी राखेर बाटो भरी नाच्दै रमाईलो गरि रक्सी ख्वाउने र मज्जा गर्ने परम्परा छ । जनतालाई सचेता पार्न राजनैतिक परिवेशले जनतालाई विश्वको परिस्थिती विभिन्न कार्टुनहरूले शिक्षित र अशिक्षितहरूलाई साम्राज्यवादी मुलुकहरूले सानो मुलुकलाई थिचोमिचो ,युध्दले मान्छे मारेर हप्कीदप्की राज्य नै बिलय गर्ने ,मिसाईलले, बम बारूदले देश जलाई रहेको र अन्याय अत्याचार गरेको कुरा नयाँ राजनैतिक जागरण जनतालाई प्रशिक्षित गर्ने परम्परा पनि रहेको छ । यसलाई जनताले सकारात्मक रूपमा लिनेहरू छन् । यसवाट एकै बाजि जनताले सचेत हुन पाएका छन् । भक्तपुर शुभ विहानीदेखि रातको १ वजेसम्म त नाचगानले भक्तपुर गुन्जिरहेबो हुन्छ । भक्तपुर नगरपालिकाले ठाउँ ठाउँमा गाईजात्रामा आउने नाचगानको पनि मूल्याङ्कण गर्ने गरेको छ । मूल्याङ्कण पनि एउँटा परम्परा जोगाउने माध्यम हो । मूल्याङ्कण गर्ने काम भक्तपुर नगरपालिकाले गरेर पुरस्कारको वन्दोवस्त गरेको छ। मूल्याङ्कणले गर्दा नाच्ने नाटक गाईचा,झ्यारे नाच म्होयखा मुजुर,कवाङचा, नागाचा, लाखे नाच ,कुकुर नाच, बाघ नाच, भालु नाच, भैरव नाच र अन्य नाचहरू जागरणमा ल्याउन नगरपालिका सफल छन् । बाजागाजा अन्य नाचगानहरू फेरि उठेका छन् । नाचगान पनि एउँटा शारिरीक अभ्यास हो। कला सस्कृति परम्परा ,इतिहास वचाउने काम सम्पूर्ण मान समूदायको कार्य हो । यसले गर्दा सभ्यता के हो महत्व बुझ्न भविष्यका सन्तानहरूले अवसर पाउने छ । भक्तपुर पुराना सभ्यता बचाउन तल्लिन छन् । भक्तपुर वासीहरूले नि परम्परा जोगाउन भरसक समय दिएर लागेको छ। नगरपालिकाको प्रयासलाई सबै जनताले स्यावास र धन्यवाद दिन पर्छ । किन कि भक्तपुर वचाउने भनेकै सभ्यता जोगाउने हो । सभ्यता समाप्त पार्न साम्राज्वादी छिमेकी र समुन्द्र पारदेशले अप्रत्यक्ष तवरले जमर्को गरिरहेको हामीले साँस्कृतिक आक्रमणले बुझ्न सकिन्छ । हामी सबैले साँस्कृतिक आक्रमणले भरसक वच्ने हुनुपर्छ । मेरा भक्तपुरका पूर्खाहरू बूढो दाइ काका बाजेहरू पहिले देखि बजाउँदै आईरहेको बाजागाजा बजाई आफ्ना क्षमता प्रदर्शन गर्न चुकाउनु हुन्दैन्। ससाना नानी वावुहरू पनि नाचेर गाएर नृत्य गरेर परम्परालाई जोगाउने पथमा लाति लागेको स साना नानीहरूको सहभागीताले स्पष्ट हुन्छ । भाइ बहिनीहरू हामीले हाम्रो परम्परा कला संस्कृति जोगाउने गर्नाले मानवको मूल्य मान्यता र सम्मानहरू बढ्नेछ । हाम्रो परम्परालाई जोगाउने सबैको उद्देश्य हुनुपर्छ । हामी मानवले नवचाए अरू कसले वचाउने गर्छ ? त्यसैले हामीले बचाउने हो । भक्तपुरमा झै काठमाणडाै ललितपुर र भक्तपुरले सम्पदा र हाम्रा पूर्खाहरूले हामीलाई नासो र संरक्षणको जिम्मा दिएको सबै मिलेर वचत गर्नु नै हाम्रो भविष्य उज्जोल हो । संगित कलाले नै संसारको पर्यटक हरूलाई भक्तपुरले आकर्षण दिन सकेको हो । हाम्रा पूर्खाले संगित नृत्य बाजा सिकाउने प्रयत्न जारी राख्नु पर्छ । भक्तपुरले गाईजात्रामा क्वाँटी खाएर पिएर र मासु, चिउरा, रोटी, आलुको परिकार , फलफूल दही चिउरा जाँड रक्सी सेल रोटी , म:म: व ,बारा आदि खाएर मनाउने चलन छ । २०८२/०४/३१

Comments