गीता पाठशालाको वार्षिकोत्सव सम्पन्न
साउन २८, २०८२, बुधबार | दिउँसो ०२:४३ बजे | 315
भक्तपुर । झौखेल हनुमानटारमा अवस्थित गीता पाठशालाले हिजो साउन २७ गते स्थापनाको १८ औँ वार्षिकोत्सव मनायो । संस्थापक गीतादेवी शर्माको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव समारोहमा महात्मा सुशील, केबी समाट, प्रताप राना लगायतका विभिन्न महानुभावहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने तीनजना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । डा. इन्दुल केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथि हरि मञ्जुश्री हुनुहुन्थ्यो ।