जनार्दन अधिकारी धड्कनको नेतृत्वमा विश्व नेपाली साहित्य महासंघ काठमाण्डौ शाखा निर्विरोध निर्वाचित


साउन २५, २०८२, आइतबार | विहान ०८:४० बजे | 145


जनार्दन अधिकारी धड्कनको नेतृत्वमा विश्व नेपाली साहित्य महासंघ काठमाण्डौ शाखा निर्विरोध निर्वाचित

जयराम बिडारी

श्रावण २५,

काठमाण्डौ विश्व नेपाली साहित्य महासंघ काठमाडौ शाखामा जनार्दन अधिकारी ‘धड्कनको’ अध्यक्षतामा तेइस सदस्यीय कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरिएको छ ।

सोही अवसरमा विनेसाम नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको नेतृत्वमा तेह्र सदस्सीय सल्लाहकार समितिको समेत घोषणा गरिएको छ । विनेसामका नेपालका अध्यक्ष सिंहको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रम साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा तथा विशिष्ट अतिथि प्राडा.गोविन्दमान सिंह कार्की,विनेसाम केन्द्रिय अध्यक्ष लेखनाथ काफ्ले,उपाध्यक्ष विजय हितान र देस्रो उपाध्यक्ष सुन्ता राई कन्दङ्वाको आतिथ्य लगायत साहित्यकारहरुको बाक्लो उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त समारोहमा बाग्मति प्रदेश अध्यक्ष तोयानाथ सुवेदीद्वारा नव निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरिएको थियो ।

निर्विरोध निर्वाचित गरिएका पदाधिकारीहरुमा अध्यक्ष जनार्दन अधिकारी ‘धड्कन’ सुधा बास्कोटा ढकाल,वरिष्ठ उपाध्यक्ष,चुडा निर्भिक दोस्रो उपाध्यक्ष ,पवन बुढाथोकी महासचिव, तिलक गाउँले सचिव सिता पाण्डे कोषाध्य़क्ष,दीपक भेटुवाल ‘दीपसागर’ सहसचिव र सदस्यहरूमा सविता खत्री,रामराजा केसी रिता खतिवडा, सरला तिमल्सिना,सीता घिमिरे,गङ्गा भेटवाल,चन्द्रकला घिमिरे,कन्चना झा, सुरेश चन्द्र घिमिरे,कृष्ण बजगाईं,दुर्गा रिमाल अधिकारी,बिनुबाबा घिमिरे, हरिशचन्द्र गौतम,प्रेम कृष्ण श्रेष्ठ,लक्ष्मी प्रसाद पराजुली (एल पि पराजुली) र अन्जु सापकोटालाई निर्वाचित गरिएको छ । यसैगरी मणिराज सिंहको सम्योजकत्वमा तेह्र सदस्यीय सल्लाहकार समितिमा प्राडा.बिष्णुहरी नेपाल,प्राडा.हेमनाथ पौडेल,प्राडा.सावित्री श्रेष्ठ,प्राडा. लेखप्रसाद निरौला,जलेश्वरी श्रेष्ठ, बिश्वविमोहन श्रेष्ठ स्नेह शायमी,नरेन्द्रराज पौडेल,डा. विप्लव ढकाल,डा.बमबहादुर थापा ‘जिताली’डा.पद्मा अर्याल र रविन्द्र आशिष ‘शैली’ रहेका छन् । कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई विनेसाम नेपाल शाखा,बाग्मति प्रदेश र काठमाडौ शाखाले स्वागत सम्मान गरेको थियो । सो समारोहमा नव निर्वाचित अध्यक्ष जनार्दन अधिकारी ‘धड्कनले’ भावि कार्य योजना प्रस्तुत गर्दै भाषा, कला र साहित्यका उन्नयनका निमित्त आफूले लेख्ने मात्र नभई नव सर्जकहरुलाई समेत प्रोत्साहित गर्नुनै मूल ध्येय रहेको बताए । उक्त अवसरमा प्रमुख अतिथि शैलेन्द्र साकारले नव निर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ कार्य समितिका पदाधिकारीहरुको सक्रियतामा नेपाली भाषा र साहित्यको विकास र विस्तार विश्वस्तरमा प्रवाहित हुनुपर्ने आवश्यकतामा जोड दिए । यसैगरी प्राडा. गोविन्दमान सिंह कार्की,विनेसाम केन्द्रिय अध्यक्ष लेखनाथ काफ्ले,उपाध्यक्ष विजय हितान,राम दयाल राकेश,गंगा सुवेदी,अभय श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । सो समारोहमा कवि एवं स्तम्भकार अभय श्रेष्ठ, भूवन शिवाकोटी “चौघरे” , रजनी खड्का लगायतले रचना वाचन गरी महौललाई रौनकता प्रदान गरेका थिए । यसैगरी समारोहमा जनार्दन अधिकारी धड्कनद्वारा लिखित चारु संग्रह ‘आगो भन्दा माया तातो’ र पवन बुढाथोकीको बेलाको बोली अतिथिहरूलाई प्रदान गरिएको थियो । विनेसाम नेपाल शाखाकी महासचिव अञ्चु सुवेदीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रमलाई अध्यक्ष सिंहद्वारा अभ्यागतहरुलाई धन्यवाद ज्ञापन सहित समापन गरिएको थियो ।

Comments