चिया ....


साउन २४, २०८२, शनिबार | विहान ०९:२३ बजे | 90


चिया ....

कुमार लघु,ख्वप

भाइ बहिनीहरू नमस्कार , आज मसित यहि आईरहेको चाँडपर्वको साथ अन्य विषयमा पनि छलफलमा तिमी र तपाईहरूलाई समाहित गर्दै अगाडि बद्ने नियत बोकेको छु । म त धेरै पैसामा आस नगर्ने परे । किन कि कमाउने स्रोत हुनु पर्ने हो बनाउनै सकिन् । जिवनमा एक कप चिया पिएर ए सर भन्न मात्र सक्ने भए छु । कही कतै जाँदा कोही कसैले भेट्नु भएको छ ? अहँ छैन् होला हो ? कोही कतै घुमफिर गर्नलाई पहिला उसको अगाडि बढ्नलाई चाहिने पैसा नै हो । जो सित पैसा कमाई छ थोरै पैसाले पनि थोर वहुत घुमफिर गर्न सक्ने हुन्छ । संसारमा पहिला पैसा केही होईन् भनेर भनेको सुनेको हुँ । त्यसैले पहिले पैसा कमाउने विचार तिर विचार गएन् । अहिलेको कालमा पैसा पनि कमाउन पर्ने रहेछ त भन्ने विचार अगाडि आईरहयो । पैसा हुनेहरूले जस्तो सुकै नराम्रा काम गरे पनि तिनीहरूकै इज्जत बढेकै छ । पैसा नहुने ज्ञान र विचार राम्रा हुनेहरूले जिउनलाई घुमघाम गर्नलाई कठिन भयो है भाइ बहिनीहरू । अहिलेको कालमा ज्ञान वुध्दि सुध्द विचारले पैसा कमाई गर्नु पर्ने देखियो । पैसा कमाउने पनि मेहनतले आफ्नो लगानी र परिश्रमि वनेर कमाउनु होला । देशमा उद्योगले अगाडि वढ्छ भने जस्तो उद्योग राखेर हावा पानी आँधिवेरी चले पनि नोक्सान नहुने तवरले चल्ने कलकारखानामा ध्यान लगाई दीर्घकालिन समयलाई ध्यानमा राखेर लागनी हुने पक्षामा लगानी गर्नु आवश्यक छ । मेरा बाजे बुबाले भविष्यलाई हेरेर पैसाको जो हो गर्न सकेको देखिएन् । हुन त पूर्खाको मात्र धन सम्पत्ति जो हो गरेको देखियो । घर खेतले जीवन चलाउन त कठिन छ । दैनिक रूपमा यो पूँजिवादी समाजमा ५००-१००० सम्म त चाहिने देखिने र नदेखिने गरीकन खर्च लागिरहन्छ । पहिले दूध आफ्नै घरमा रहन्थो । अहिले पशुपालन छैन् । चिया पिउन दूध किनै कठिन प-र्यो । चिनी ,चियापट्टिमा पैसा खर्च र छोराछोरीलाई नाति नातीनाहरूलाई फिस र खानेकुरा दैनिक रूपमा किनै प-र्यो । घर घरमा रोटी मकै र भुटेको गहुँ पाउनै छाड्यो । ल सुनुस् पहिले गाईजात्रामा घुमघाम गर्ने बेलामा केराऊ , काँक्रो , नासपाती अम्बा,जाँड,रक्सी,मकै भुटेको बाटोबाटोमा बाँडन ल्याउथो। अब त शून्य भयो । घर खेत अन्न उत्पादन हुने भूमि बेचे खाएर सक्यो । भाइ बहिनीहरू घर खेत पनि वाँच्न् बाध्य पार्दै ल्यायो है । आज क्वाटी पिउने खाने दिन धेरैको दिनमा क्वाटी पकाउन छाडे किन थाहा छ भाइ बहिनीहरू ? पक्कै थाहा छ होला , किनकि खेतै बेचे अब त नाम मात्र बाकी खेत घर वेचेर वसाई सरेर बसेकाहरूले के क्वाटी पकाउँ लान ! अन्न उत्पादन गर्न जग्गाको अभाव भैसक्यो,भाइ बहिनीहरू , सबै गेडागूडीहरू खेतवाट आउय्थो । अहिले काम नगरि किनेर खाने चलन बड्यो । किनेर खाने बढेकाले सामानहरू पनि महँगो छ । पर निर्भर भै सक्यो । कोही कुनै व्यक्ति पनि पर निर्भर भयो भन्ने त्यसको जिन्दगी सक्यो भनेर थाहा पाउनुस् । म मेरै आफ्ना विषयमा दुई चार अक्षर कोराै भन्ने लाग्या थियो । असारमा खेत रोप्ने १५ दिन लगालग हुन्थो अब मात्र मुश्किलले २ दिनको निम्ति बाकी भयो । क्वाटी खानुको सट्टा एक कप चियाले क्वाटीको तलतल मेटेर वस्न बाध्य भएको परिवार भक्तपुरमा धेरै भैसक्यो । एउँटा त्यो भूकम्पले नै सबलाई अरव पट्टिवाट सडकमा पछाड्यो है । टेन्शन बढायो । अब के मात्र भयो होला, विचार गर्ने जिम्मा तपाईहरूलाई छोडेर आजको लागि विदा भए । रक्षा वन्धनमा दिदी बहिनीहरू माईतीमा आउने ल्याउने दिन हो। क्वाटी खाने पिउँने दिनमा दिदी बहिनीहरू माईती आउनुस् । रक्षा वन्धन,क्वाटी पून्हीको र गाईजात्राको सबै दाजु भाइ ,छोराछोरीहरू,ज्वाइँ,भतिजा बुहारीहरूलाई खाई पिई आनन्द लिन सकोस् भनेर शुभकामना छ । भोलि गाईजात्रा हो । सब‌ मित्रहरूलाई गाईजात्रा हेर्न भक्तपुर आउनु होला । २०८२/०४/२४ गते

Comments