शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट कमला महत पुरस्कृत


साउन २३, २०८२, शुक्रबार | विहान १०:१३ बजे | 215


शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट कमला महत पुरस्कृत

शब्दयात्रा प्रकाशनले नुवाकोट जिल्लाको शिखरबेंसीमा २०२५ सालमा जन्मेर शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा ‘अनन्त’ कृतिमार्फत बाछिटा विधामा योगदान दिनुभएकोमा कमला महतलाई २०८२ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ कुमार काफ्लेका साथमा संयुक्त रूपमा समर्पण गरेको छ । पुरस्कार समर्पण गर्ने क्रममा कमला महतलाई लेखक कुमार काफ्लेले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापकका तर्फबाट लेखक सकुल थापाले भेटी, गायिका सरस्वती सापकोटाले उपहार र समाजसेवी पुण्यवती घलेले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन साहित्यकार अमर त्यागीले आफ्ना पितामाताको स्मृति र सम्मानमा गर्नुभएको हो । अमर त्यागी हाल अमेरिकामा बस्नुहुन्छ ।

Comments

ताजा खबर