भोजपुर प्रतिभा पुरस्कार डा. शैलेन्दुप्रकाश नेपाललाई
साउन १९, २०८२, सोमबार | साँझ ०५:१७ बजे | 430
शब्दयात्रा प्रकाशनले डा. शैलेन्दुप्रकाश नेपाललाई २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । पुरस्कार समर्पण गर्ने क्रममा पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलाले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, पूर्वप्रशासक डा. इन्दुल केसीले उपहार, कोष व्यवस्थापककी बुहारी पूजा जोशीले भेटी र समाजसेवी सकुल थापाले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन कवि कृष्ण जोशीले गर्नुभएको थियो । डा. शैलेन्दुप्रकाश नेपालले वाङ्मयिक साधना गर्ने क्रममा कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध र समालोचना विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएको, स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन गर्नुभएको र पाठ्यपुस्तक पनि लेख्नुभएको हुनाले उहाँलाई पुरस्कृत गरिएको बेहोरा अभिवन्दनापत्रमा उल्लेख गरिएको छ ।
