नियात्राकार विशेष: कृतित्व र व्यक्तित्व परिचर्चा सम्पन्न
साउन १७, २०८२, शनिबार | राति ०९:०७ बजे | 265
नियात्रा समाज नेपालको आयोजनामा नियात्राकार विशेष: कृतित्व र व्यक्तित्व परिचर्चा कार्यक्रमको दोश्रो श्रृङखला आज जरा फाउन्डेसन कार्यालय अनामनगरमा सम्पन्न भयो । समाजका अध्यक्ष मोहन चापागाईंको सभापतित्वमा भएको यसपटकको श्रृङखलामा बरिस्ठ नियात्राकार मञ्जुलको नियात्रा कृतित्वका साथै वहाँको बहुआयामिक व्यक्तित्वको बिषयमा बृहत् परिचर्चा गरियो ।वक्ताहरुमा डा. जीवलाल बस्याल,भीष्म उप्रेती ,चन्द्रप्रसाद भट्टराई र डा. रजनी ढकाल हुनुहुन्थ्यो भने नियात्राकार निर्मोही व्यासले पनि मञ्जुलदाईसंग बिताएका आफ्ना रोचक र प्रेरणादायी क्षणहरु सुनाउनु भएको थियो ।नियात्राकारहरु पोषरमण चापागाईं,श्रीओम श्रेष्ठ रोदन,ईल्या भट्टराई ,तेजप्रकाश श्रेष्ठ ,प्रतीक ढकाल,पवन आलोक,कृष्ण प्रसाईं,बिष्णु शर्मा पराजुली ,विनोद खडका ,साहित्यकारहरु सुष्मिता नेपाल,शुकदेव उपाध्याय लगायतका श्रष्टाहरुको उपस्थिति थियो ।अग्रज नियात्राकारहरुको सम्मान गर्ने ,वहाँहरुका कृतिहरुको परिचर्चा गरि पठन संस्कृतिको विकास गर्ने र सिर्जनात्मक आशिर्वचन लिने उदेश्यले थालनी गरिएको यश कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर दिईने प्रतिवद्धताका साथ कार्यक्रम समापन भएको थियो ।सो कार्यक्रमको प्रथम श्रृङखला नियात्राकार विजय चालिसेको जन्मदिन २०८२.०३.२२ गते वहाँकै निवास आरुबारीमा गरिएको र कार्यक्रम सञ्चालन समाजका महासचिव भवानी खतिवडाबाट भएको थियो ।
