गुरुमहिमा भजन शब्दयात्रा प्रकाशनबाट


साउन १७, २०८२, शनिबार | राति ०७:१८ बजे | 205


गुरुमहिमा भजन शब्दयात्रा प्रकाशनबाट

शब्दयात्रा प्रकाशनले अक्षरधाम यु–ट्युब च्यानलमार्फत ‘गुरुमहिमा’ नेपाली भजन आजदेखि साङ्गीतिक बजारमा ल्याएको छ । आज साउन १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित समारोहमा उक्त भजन सार्वजनिक गरिएको छ । ‘गुरुमहिमा’ को ‘म्युजिक भिडिओ’ उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो । सकुल थापा र रश्मि हुमागाईंले संयुक्त रूपमा उक्त भजन सार्वजनिक गर्नुभएको हो । आध्यात्मिक एवम् सामाजिक व्यक्तित्व तथा लेखक सकुल थापाको लेखन रहेको उक्त भजनमा दिदीभाइ रश्मि हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीको स्वर रहेको छ । भजनका सङ्गीतकार हरि मञ्जुश्री हुनुहुन्छ भने गीतिभास्कर मच्छेश्वर सापकोटाले भजनकोे सुपरिवेक्षण गर्नुभएको छ । कार्यक्रममा भजनका शब्द, सङ्गीत, स्वर र गायकीका विषयमा विश्लेषण गर्दै टिप्पणीकारका तर्फबाट शब्दयात्रा प्रकाशनबाट उच्च स्तरको भजन तयार भएको कुरा बताइएको थियो ।

Comments