आफ्नै जिन्दगीको तीतामिठा प्रस्तुति 


साउन १६, २०८२, शुक्रबार | साँझ ०६:२९ बजे | 135


आफ्नै जिन्दगीको तीतामिठा प्रस्तुति 

सत्यराम कासिछ्वा
आफ्नै जिन्दगीको तीतामिठा प्रस्तुति 
गाइन्न मैले सत्ता र शक्तिको स्तुति 
शक्ति सत्ता तिम्रै हो 
पचाउने भत्ता तिम्रै हो
देखाउने र चपाउने दाँत 
फरक हुँदोरहेछ सत्ताको फाँट
विद्रोह गर्छन्  शासकको निरंकुश 
अरुको जीवनमा 
मैले मागेको थिए समय
दिँदै नदिई देखायौ भय
मित्रहरूमा सिर्जना गर्छ दरार 
जिन्दगीदेखि गर्ने त होइनन् फरार
आवश्यकताको खोजमा
आफ्नालाई नै रोज

Comments