प्रलय....


साउन १५, २०८२, बिहीबार | विहान ११:४२ बजे | 245


प्रलय....

सुनील सापकोटा भक्तपुर
अस्ति शनिबार ३० जुलाई २०२५ का दिन रूसको Kam chatka क्षेत्रमा एक शक्ति शाली ८.८ म्याग्निच्युड को भूकम्प गयो। जसले अहिले प्रशान्त महासागरको हवाई , युनाइटेड स्टेट्सको पश्चिमी तट लगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गराएको छ। यो सन् १९५२ पछीको यो क्षेत्रको सब भन्दा ठूलो भूकम्प हो भनिएको छ। यो भुकम्पको असरले जापान र अमेरिकाको समुन्द्री तटीय क्षेत्रमा सुनामी आएको छ। सुनामीको खतरा आगामी २४ घन्टा सम्म अझैसम्म रहेको छ भनेर येस्का विशेषज्ञहरुले बताइरहेका छन। यो दुनियाँको हरेक धर्मिक कथाहरु पढदा प्रलयको कुराहरु पाइन्छ । पछिल्लो पचास करोड बर्ष अगाडी यो पृथ्वीमा पाँच पटक प्रलय भएको थियो अरे भनिन्छ। यो पृथ्वीमा २५.२ करोड बर्ष पहिले सबै भन्दा ठुलो प्रलय भएको थियो। जसलाई " दि ग्रेट डाइंग " भनिन्छ । जस्मा ९६ % प्रतिशत जिवनहरुको अन्त्य भएको थियो अरे। मनुष्यजातिको त अस्तित्व नै थिएन , त्यो बेला । बिज्ञानको कथाहरु पढदा यी पाँच प्रलयहरु मध्ये सबै भन्दा रोमाञ्चक प्रलय ६.६ करोड बर्ष अगाडी भएको थियो। आकाश बाट कुनै एउटा खगोलिय पिंड जसको लम्बाई ७.५ किलो मिटरको थियो अरे , त्यो पृथ्वीमा खस्दा त्यो बेलाको भिमकाय प्राणि डायनासोर लगायत कैयौं जीव जन्तुको मृत्यु भएको थियो भनिन्छ । डायनासोर युग भन्दा अगाडी पनि एउटा महा प्रलय ४४.४ करोड बर्ष पहिले भएको थियो । त्यो भन्दा पनि अगाडि करीब २.४ अरब बर्ष अगाडि पनि एउटा भयानक प्रलय भएको थियो अरे । जसलाई " दि ग्रेट एक्सिडेन्ट्ल इभेन्ट "भनिन्छ । त्यो बेला पृथ्वीमा एक"सायनो " नामक बेक्टियाहरुको अस्तित्व थियो। त्यो बेला पृथ्वीको वायु मंडलमा अक्सिजन थिएन । स्वास फेर्दा कारबन्डाई अक्साइड नै लिएर उनिहरु अक्सिजन उत्सर्जित गर्थे । आज पृथ्वीमा भएको अक्सिजन युगको उनिहरु नै प्रथम जन्मदाता हुन। बिस्तारै तिनिहरुले श्वास फेर्दा छोडेको अक्सिजन पृथ्वीको वायु मन्डलमा बढी जम्मा हुन पुग्यो।उनिहरुले त्यो बेला फेरेको अक्सिजन सांस नै ती सायनो बेक्टेरियाको लागि पछी विष हुँदै गयो र उनिहरुको अन्त्य भयो। त्यसरी अक्सिजनको " इभोलेसनरी प्रोसेस" मा शुरु भएको हो अरे मनुष्य भनिन्छ । बैज्ञानिकहरुको भनाइ अनुसार मनुष्य जाती यो पृथ्वीमा २५ लाख बर्ष देखि मात्र अस्तित्वमा आएका हुन । यिनिहरुको पनि अन्त्य एकदिन हुन्छ , हुन्छ । त्यो कसरी हुन्छ होला ? त्यो बैज्ञानिकहरु पनि बताउन सक्तैनन् । उनिहरुको अनुमानमा मनुष्यले पर्यावरण लाई ठिक गरेर र भाइस र बेक्टेरियाको खोपहरु निकालेर बिजयी गरि विभिन्न रोगहरु बाट त बाँच्लान । तर महा भुक्कम्प , कुनै उल्का पिंडहरुको बर्षात , ग्रहहरुका टुक्राहरुको टक्कर र निक्यूलियेर युद्धको प्रलयको बिनास बाट बाच्न कठिन छ । त्यसो हो भने मेरो बिचारमा कोरोनाको प्रकोप त मामुली घटना रहेछ ।यस्ता धेरै महा रोगहरुका कहर लाई मनुष्यजातिले बिजय गरेको ईतिहास साक्षि छ। धैय गरौं। आशा राखौं । किनकी आशा नै जिवन बाच्ने आधार हो। यो पृथ्वी एउटा अदृश्य शक्ति र चाहनामा चल्छ जस्तो लाग्छ मलाइ। । हाम्रो जोडले केही चल्दैन। त्यसैले चिन्ता लिने कुरा रहेनछ । त्यो कुन अदृश्य शक्ति होला जस्ले हाम्रो पृथ्वी र अन्तरीक्षको खगोलिय घटनाहरु लाई खरबैं खरब बर्ष देखि संचालित गरिरहेछ । ईश्वर ...? वा शायद ... ब्रह्माण्डको अटोमेटाईजेसन ? हामी लाई अहिले नै बुझ्न कठिन छ । अन्त्यमा , मैले बुझे अनुसार हाम्रो वैदिक हिन्दू दर्शनले चाहिँ पृथ्वीको अन्तिम प्रलय हुन्छ भन्ने कुरा मान्दैन।हाम्रो दर्शनले जीवन नै सत्य हो , मृत्यु मिथ्या हो, भन्छ । जीवन शाश्वत छ भन्छ । जस्तो रात दिन हुन्छ , त्यस्तै सृष्टि र प्रलय भइ रहने प्रक्रिया हो भन्छ। चेतना सर्वब्यापी र स्थाइ छ भन्छ, चाहे त्यो जुन रुप र कालखण्ड मा होस् । खैर जे होस । लेख्दा लेख्दै लामो हुने भयो। त्यसैले मन लाग्दा लाग्दै आज रोकिनु पर्ला। पढने लाई पढन झर्को लाग्ला , गाह्रो पनि होला। धन्यवाद !**

Comments