परिक्षाको चिन्ता ..


साउन १५, २०८२, बिहीबार | विहान १०:२० बजे | 95


परिक्षाको चिन्ता ..

कुमार लघु,ख्वप

भाइ बहिनीहरू नमस्कार , भाइ बहिनीहरू कसैलाई के को चिन्ता कसैलाई के को चिन्ता त छदै छ । मूख्य गरिकन विध्यार्थीलाई परिक्षाको चिन्ता छ भन्ने खानेलाई खेल्नेलाई खाने खेल्ने कै क्रमश चिन्ता नै हुन्छ ।

हो विध्यार्थीले विध्यार्थी जिवनमा परीक्षा कै चिन्ता लिनु मनासिब छ । विध्यार्थीले परिक्षाको निम्ति चाहिने मात्र चिन्ता र ध्यान लगाउनु आवश्यक छ । विध्यार्थीले भनेको निम्न वुदाँहरूमा आफ्ना क्रियाकलाप गर्नु आवश्यक छन् :- १) दैनिक स्कूलमा कक्षामा वस्नु २) घरमा वा स्कूलमा पाठ पढेर अभ्यासमा लाग्नु ३) विगत वर्षको प्रस्न पत्रहरू हेरी अभ्यास गर्नु आवश्यक छ, ४) यता विध्यार्थीले स्मरण शक्ति वढाउने वानी गर्नुपर्छ । ५) हेरक प्रस्नको हल गर्ने जर्मको गर्नु सकारात्मक आवश्यक छ, ६) पढी सकेर लेख्ने वानी वनाउनु आवश्यक छ , अल्छी त गर्नै हुन्दैन् ७) आफूसित आएको अरूलाई सिकाउनु आवश्यक छ , ८) आफूले गरेको कार्य अभ्यास विषय शिक्षकलाई चेक गराउनु पर्छ , ९) आफूले लेखेकोमा आफूलाई दृढ विश्वास वनाउनु नै सफलताको सिढि चढ्नु हो , १०) आफूले नै शिक्षक भई रूल नियममा बसी दैनिक एक विषयमा समय राखी परिक्षा दिनु पर्छ । सो परिक्षाको कपी विषय शिक्षकलाई जाँचणन दिनु पर्छ । विद्यार्थी भाइ बहिनीहरू पढ्न नि आफू लगनशिल मेहनत, परिश्रमि र उद्देश्य राखेर पढ्ने हुनुपर्छ । जति पढे पनि आफैलाई हो । विद्या भनेको कसैले आफूसित भएको लुटेर लिन सक्दैन् । पढ्नु पनि भनेकै विस्तारै धन कमाउने पथमा लम्कनु हो । विद्या भनेकै रोजगार गर्न सीप सिक्नु हो । जसले पढ्न र सीप लिन सक्यो उसले सक्षम नागरिक भएर शिर ठाडो वनाउन सक्ने हुन्छ । अौको अगाडि शिर झुकाउन पर्दैन् । जो सुकैले पनि परिक्षामा सफल हुन् प्रस्न हल गर्न सक्ने आँट वनाउनु नै विध्यार्थीको कर्तव्य हो । विध्यार्थीको महत्व पूर्ण पक्ष भनेको स्मरण शक्तिमा भर पर्ने हो। निरोगी हुन पनि खानामा भर पर्छ। खाना विना निरोगी ,स्मरण शक्ति वढ्ने छैन् । खाना नि समयमा खाने सुत्ने गर्नु पर्छ। खाना खानेकुरा र वंशाणुमा पनि भरपर्छ है । पढ्न र सिक्न मन ठूलो र धोको बोक्नु पर्छ । पाठलाई स्मरणमा राख्न सुनु पर्छ वारम्वार पढ्नु र अभ्यासमा भरपर्छ । अभ्यास विना विध्यार्थीले सफलता प्राप्त गर्न कठिन छ । हेर्नुस् असफलता भनेको कमै मात्र हो असम्भव केही छैन् मेहनत गरेमा सफलता प्राप्त गर्न सकिन्छ । आफूले सकारात्मक सोच राखेर कर्म थलोमा लाग्नु नै सफलताको शिर चुम्नु हो । परिक्षामा आजैदेखि मन लगाएर तन मन र मस्टिष्क लगाएर लेख्दै यज्ञमा वा परिक्षामा लाग्नु तपाईं भाइ बहिनीहरूले सफलता प्राप्त गर्न सक्षम हुनु हुनेछ । परिक्षामा जाँदा म त यो परिक्षामा पास गर्न सक्छु भनेर सोच वनाउनुस् । तपाईहरूले सफलता लिन सक्ने तपाईमा आँट छ है । परिक्षालाई ध्यानमा राखेर मेहनत र परिश्रम गर्न नछोड्नु होला । भाइ बहिनीहरूलाई परिक्षाको निम्ति सफलताको शुभकामना छ । परिक्षामा परिक्षाको दिन नजिक आएर मात्र पढ्ने नगर्नुस् । दैनिक रूपमा विहान १ घण्टा र वेलुका १ घण्टा दिनुस् पढ्नुस् सकिन्छ २/२ घण्टा दिएर पढ्ने गर्नुस् । अभ्यास गर्ने बानीलाई निरन्तरता दिन्दै पढ्नमा लत लगाउनुस् । तपाईले कोर्ष वुक मात्र पढ्ने होईन् कोर्ष वुक भन्दा बाहिरका किताव राष्टि्य र अन्तरर्ष्टि्य कितावहरू पढ्ने वानीको विकास गर्नु नि पर्छ अनि पो त तपाईले राष्टि्य र अन्तराष्टि्य विषयमा पनि जानकारीहरूको माईन devoloped गरि Intetnational knowledge gain गर्ने power ghanghan developed हुन्छ । लाै त भाइ बहिनीहरू आजलाई यस्तै ज्ञान गुणको कुरा राखेर म विदा हुन्छु । परिक्षा भनेको तपाईलाई शिक्षकले मापन गर्ने एकाई हो । शुभकामना , २०८२/०४/१५ गते

Comments