टाइमपास: नेपाली परम्परा
साउन १५, २०८२, बिहीबार | विहान १०:१७ बजे | 190
आज नेपालीहरुको खिर खाने दिन हो। नेपाल एउटा कृषि प्रधान देश भएकाले यहाँ उहिले देखिनै विभिन्न चाडपर्व संस्कार र रीति रिवाजहरू मौसम अनुसारका छन् । त्यसमध्ये श्रावण महिनाको १५ गते खीर खाने चलन विशेष महत्त्व बोकेको मौलिक नेपाली परम्परा हो। हरेक वर्ष यस दिनमा नेपालीहरू घरघरमै खीर बनाएर खान्छन्, आफन्तहरूलाई खुवाउँछन् र एक प्रकारको पारिवारिक स्नेह तथा सामाजिक आत्मीयता व्यक्त गर्छन्। खिर केवल मिठो परिकार मात्र होइन कि यो थकित किसानको श्रमको सम्मान हो। हिलोमा खेल्दा भिजेको मनको मीठो विश्राम पनि हो। यो परम्परा ठ्याक्कै कहिलेबाट सुरु भयो भन्ने स्पष्ट ऐतिहासिक विवरण त भेटिँदैन , तर जनमानसबाट विकसित भएको नेपाली समाजको मौलिक र सदियौं देखिको अभ्यास हो भन्नेमा दुईमत छैन। यसैले श्रावण १५ मा खीर खानु भनेको स्वाद चाख्नु मात्र नभई हाम्रो संस्कृति श्रद्धा र सम्बन्धको मिठासलाई एकैचोटि चाख्नु पनि हो। आजको दिनको सबैमा मेरो शुभकामना ! *
