पर्सि भक्तपुरमा प्रम ओलीको प्रमुख आतिथ्यमा भव्य कार्यक्रम
साउन १४, २०८२, बुधबार | साँझ ०६:२३ बजे | 655
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्सि शुक्रबार भक्तपुरमा बागमती प्रदेशका सम्पूर्ण १३ वटै जिल्लाहरुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषित गरिने भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार पत्रकारहरुसँंग कुराकानी गर्दै गठाघरको एउटा होटलमा भव्य समारोहवीच कार्यक्रम गर्न लागेको जानकारी गराए । साथै उनले त्यस अवसरमा बागमती प्रदेश डिजिटल हेल्थ सेवाको पनि सुभारम्भ गर्ने जानकारी गराए । साथै भक्तपुरसहित बागमती प्रदेशका दुई जिल्लालाई टेलिमेडिसिन हवको रुपमा घोषणा गर्ने पनि जानकारी गराए ।
यसअघि उनले मन्त्रालयले यो वर्ष मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि अभियान, “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम प्रदेशभर लागू हुने जनाए । यसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न मद्दत मिल्ने मन्त्री थापामगरले बताए ।
