तीन स्रष्टालाई घुम्ती काव्य सम्मान


साउन १४, २०८२, बुधबार | विहान ०६:३७ बजे | 195


तीन स्रष्टालाई घुम्ती काव्य सम्मान

घुम्ती कविगोष्ठी नेपालले तीन जना साहित्यकारहरूलाई काव्य सम्मान समर्पण गर्ने निर्णय गरेको छ।घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्य समिति बैठकले विजयध्वज थापालाई घुम्ती नालाङ्ग काव्य सम्मान २०८२, प्रा.डा. हेमनाथ पौडेललाई घुम्ती रमा बद्री काव्य सम्मान २०८२ र पुरुषोत्तम सिग्देललाई बलभद्र टंक छन्द काव्य सम्मान २०८२ समर्पण गर्ने निर्णय गरेको हो । वेदमणी घिमिरे संयोजक एवं त्रिलोचन आचार्य र निबन्ध आचार्य सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई अनुमोदन गरिएको महासचिव रामकुमार पण्डित क्षेत्रीले जानकारी गराउनुभयो ।दस हजार नगद र सम्मानपत्र सहित भदौ १४ गते शनिबार हुने दोस्रो साधारण सभा तथा १५३ औं घुम्ती कवि गोष्ठीको अवसरमा सो सम्मान समर्पण गरिने कोषाध्यक्ष रामचन्द्र दाहालले बताउनु भयो ।घुम्ती कवि गोष्ठीले हरेक पच्चीस शृङ्खला मा घुम्ती सम्मान अर्पण गर्दै आएकोमा गत वर्षदेखि अध्यक्ष माधलाल श्रेष्ठ ,उपाध्यक्ष त्रिलोचन आचार्य र सदस्य विमल अर्यालले अक्षय कोषको स्थापना गरि हरेक वर्ष साधारण सभामा नगद सहित सम्मान समर्पण गर्न थालिएको पूर्व अध्यक्ष पर्शुराम पराजुली परासरले बताउनुभयो ।हरेक महिनाको दोस्रो शनिबार बिहान बेग्लाबेग्लै स्थानमा घुम्ती कवि गोष्ठी आयोजना हुदै आएको छ ।

Comments