सम्पादक जोशी लगायत १८ महानुभाव सिद्धिश्वरमान अक्षयलोक साहित्यिक पुरस्कार तथा सम्मानबाट सम्मानित
साउन १२, २०८२, सोमबार | राति ०७:२१ बजे | 205
जयराम बिडारी
श्रावण , ललितपुर
तीन दशक भन्दा बढी समयदेखि निरन्तर प्रकाशित हुँदै आइरहेको श्रृङ्खला साहित्यिक मासिक तथा स्टार एक्सप्रेस साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार प्रवीण जोशी सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा सम्मानित भएका छन् । सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा पुल्चोक इन्जिनियरिङ क्याम्पसको पुस्तकालय हलमा विशेष कार्यक्रमको आयोजना गरी साहित्य, समाजसेव,स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान दिएका अन्य सत्र विशिष्ट व्यक्तित्वहरुलाई समेत विशेष कार्यक्रमका बीच पुरस्कृत र सम्मानित गरिएको छ ।
परिवर्तनशील आवाज साप्ताहिकका सल्लाहकार समेत रहेका प्रवीण जोशी बिगत ३० वर्षदेखि साहित्यिक उन्नयन र पत्रकारिताका क्षेत्रबाट समाजलाई सुसुचित गर्ने अभियानमा सक्रिय रहेका छन् । साहित्य, कला र समाजसेवामा क्रियाशील व्यक्तिहरूको सम्मानबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने र आगामी पुस्तालाई उत्प्रेरणा प्राप्त हुने आयोजकले विश्वास लिएको छ । सो सम्मान तथा पुरस्कार प्राप्त गर्ने विशिष्ट व्यक्तित्वहरूमा सिद्धिश्वरमान मिलन मुक्ति आजीवन साहित्य साधना पुरस्कार (रु ११,१११) राशि सहितको पुरस्कारबाट लालबहादुर भुजेल, सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार (रु २०,०००)राशि सहितको पुरस्कारबाट प्रा. डा. भानु चन्द्र बज्राचार्य ,सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार (रु २०,०००) राशि सहितको पुरस्कारबाट रोजर द ग्रुप बेल्जियम, सिद्धिश्वरमान विष्णु कुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार (रु ११,१११) निष्ठा कायस्थ, दिदीबहिनी क्रियसन्स र सिद्धिश्वरमान उत्कृष्ट बाल साहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान स्व.विनय कसजु,सिद्धिश्वरमान उत्कृष्ट शिक्षा रत्न सम्मान प्रा. डा. हृदयरत्न बज्राचार्य, सिद्धिश्वरमान उत्कृष्ट संगीत साधक सम्मान राजु सिंह,सिद्धिश्वरमान सर्वश्रेष्ठ अक्षलोक रत्न सम्मान प्रा. उपेन्द्र बहादुर कार्कीलाई सम्मान गरियो । सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधक सम्मान डा.भगवानकोइराला,सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी साहित्य साधक सम्मान राम विनय ,सिद्धिश्वरमान उत्कृष्ट साहित्य रत्न सम्मान हिरण्यकुमारी पाठक ,सिद्धिश्वरमान उत्कृष्ट साहित्य साधक सम्मान लक्ष्मी माली तथा स्नेह सायमी,सिद्धिश्वरमान नेपाल भाषाको संझ्या सम्मानबाट रेवती राजभण्डारी र सिद्धिश्वरमान नेपाल भाषाको सँझ्या नरेन्द्र बहादुर श्रेष्ठ ,सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान साहित्यिक पत्रकार संघ, काठमाडौं , सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान भिम विराग संगीत, साहित्य कला प्रतिष्ठान, हेटौंडा लाई प्रदान गरिएको छ ।
