नक्कली कम्युनिष्टले र काँग्रेसले ....
साउन १२, २०८२, सोमबार | दिउँसो १२:०३ बजे | 75
कुमार लघु, ख्वप
नेपालमा नक्कली कम्युनिष्टले र काँग्रसले देश डुवाउने भयो । ऋणले चुर्लुम । २७ खर्वले कसरी उकासिने हो ? मागेको ऋ्ण पैसाले देश चलाउन सक्ने छैन् । देश उकासिनलाई युवाहरूलाई देशमै रोजगार गरेर र देशमा उद्योग धन्दा ऋणले डुवेर जाने निश्चित छ । खोलेर पो त देशलाई आएको रकम सदुपयोग गरेर नाफा आएको रकमले विकासमा खर्च गरि देशलाई विकास –को मार्गमा फड्को मार्न दिएर पो देश जोगिन्छ । यदि कही कतैवाट आएको रकमलाई तलव र विकास निर्माणमा लगाए देश त डुब्ने निश्चित छ । ऋण भनेको सबैलाई थाहा छ । फिर्ता गर्नपर्छ ।
खोइ त अर्थशास्त्रीहरूले बुझेको ? मेरो र सचेत नेपालीहरूको सोधाई छ । सत्य निश्चित लगानी गरेर नाफा मूलक अन्तर्गत मामलामा ऋण लिएर आएको पैसावाट नाफालाई मात्र विकास निर्माण र देशको अन्यमा खर्च गर्ने हो । देश बचाउने हो भन्ने जनतालाई र देशलाई नै फाईदा हुने आय मूलक उद्योग चलाई देशलाई जोगाउने उपाय हो । भनुस् अण्डा खाने कि कुखुरा खाने प्रस्न उठेको छ । जनता र युवाहरू भन्छन् कुखुरा पाल्ने हो । अनि अण्डा बिक्री गर्न पाईछ । कुखुरा नै मारमुर काटी खाए त अण्डा पार्ने नै भएन् त्यसैले सरकार हाक्नेले यो सानो कुरा बुझेर देश चलाउन नसक्दा देशले ऋण बोक्न बाध्य छन् । यति कुरा किन बुझ्न नसक्या होला जनतालाई आश्चर्य लाग्याछन् ।
शासन शत्तामा वस्नेलाई जनताले थुक–याउन पनि कदम चालेको कुरा किन बुझेन् ? सरकारले आफ्ना विचारमा फेर वदल गर्नुपर्छ । शत्ताधारीहरूको वरपर वस्नेहरूले किन्न बुझ पचाएकाछन् ? नाम मात्र कम्युनिष्ट राखेर जनताको भोट लिएर जनतालाई नै हित विपरित कार्य गर्न उद्त छन् । नाम अनुसारको काम गरे पो जनताले फेरी पनि चुनावमा भारी मत देलान भनौ नत्र सक्कलि कम्युनिष्टले नक्कलि काम गरेर कसरी अनुहार देखाउन कम्मर कस्न सकेको हो ? जनताले नक्कलि कम्युनिष्ट पूँजिवादी नोकर रहेछ भने थाहा पाएको किन् भेऊ पाउन नसकेको हो । काँग्रेसले त कम्युनिष्टलाई शत्ताधारी गरि नंग्याएको थाहा लिएकैछन् । भाइ बहिनीहरू सक्षमहरूले देशलाई जोगाउन सत्यनिष्ठा पूर्वक देशलाई जोगाउन हामीले पनि राजनीति निस्वार्थ पूर्वक गर्नतिर लाग्नु पर्छ ।
हामीले गर्ने राजनीति वर्तमानमा धेरै पछि परेको छ । भूतकालदेखी राजनीति गरेकाहरूले जोड्तोदका साथ जनतालाई डो–याउनु आवश्यक छ । मलाई आश्चर्य लाग्या छ कम्युनिष्ट भन्नेहरू नै किन घुस खान, भ्रष्टाचार गर्न जानबिरोधी काममा व्यस्त रहयो । थुईक नामले कम्युनिष्ट कामले बदनाम हुदाँ पनि आत्माआलोचना र जनतासित माफी मागेर सत्य मार्गमा नहिड्नु पनि बदनियत पूर्वक नै हो । कम्युनिष्टले ब्यक्तिगत ,पार्टीको हितलाई भन्दा देश र जनताको हितमा लगाउनु पर्ने हो । अरू मुलुकमा कम्युनिष्टले देश हाकेर जनताको जिवनस्तर अगाडि वढेको उत्तरी छिमेकी देश चिनलाई हेर्न सकिन्छ ।
अन्तमा जनताको हितविपरित काम गर्ने पार्टी धरासाही भएपछि चेत्ने होला भन्दै आजलाई विदा माग्छु। नक्कलि कम्यनिष्ट र काँग्रेसले देश डुवाई छाड्ने भयो । धन्यवाद ।
