भक्तपुर क्यान्सर अस्पतालको भव्य भवन अव चाँंगुमा
साउन ११, २०८२, आइतबार | साँझ ०५:०६ बजे | 2790
आज हामी विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा यहाँ भेला भएका छौं । यो केवल एक दिवस होइन, यो दिवस तिनै व्यक्तिहरूको सम्मानमा हो, जसले जटिल उपचारको यात्रा पार गरेर जीवनको पुनः सुरुवात गर्नुभएको छ —हाम्रा सर्वाइभरहरू ।
तपाईंहरूको उपस्थिति यस समारोहलाई विशेष बनाएको छ । तपाईंहरू नै हाम्रा प्रेरणा हुनुहुन्छ — तपाईंहरूले देखाउनु भएको साहस र संघर्षले हामीलाई हरेक दिन काम गर्न ऊर्जा दिन्छ ।
माननीय स्वास्थ्य मन्त्रीज्यू, हामी तपाईंको उपस्थिति र निरन्तर समर्थनप्रति आभारी छौं । तपाईंको नेतृत्वमा हामीले नेपालको स्वास्थ्य सेवामा धेरै सुधारहरू देखिरहेका छौं । तपाईंको दृढ संकल्पले देशभर क्यान्सरजस्तो जटिल रोगको उपचार अझ सहज, सर्वसुलभ, र गुणस्तरीय बनाउन प्रेरणा दिएको छ ।
नेपालमा टाउको र घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ । दुःखको कुरा के छ भने— यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र सुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका हुन् । तर, जनचेतना अभाव, सामाजिक लज्जा, र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो चरणमा मात्र अस्पताल आउनुहुन्छ ।
भक्तपुर क्यान्सर अस्पतालमा हामी यो अवस्था परिवर्तन गर्न कटिबद्ध छौं । हामी केवल उपचारमा होइन, जनचेतना फैलाउने, प्रारम्भिक परीक्षण गर्ने र सामुदायिक स्वास्थ्य शिबिरहरूसञ्चालनमा पनि जुटेका छौं । यस वर्ष मात्र, हामीले देशका बिभिन्न भागमा पुगेर हजारौ व्यक्तिसम्म सेवा पुरयाएका छौं, र आगामी दिनमा यो अभियान अझै बिस्तार गर्ने योजना छ ।
गत आ ब मा हामीले अछामदेखि पाचथरसम्म पुगेर करिब १५ हजार महिलाको निसुल्क परिक्षण गरेका छौ भने हजारौ पुरुषहरुको पनि जाच गरेर रोगको शुरुवाती चरणमा नै कसरी पत्ता लगाउने भन्ने कुरा स्थाननिय समाजसेवी, शिक्षक, बिध्यार्थी र स्वास्थ्यकर्मीलाई सेमेत प्रयोगात्मक सिकाइहरु समुदाय लक्षित कार्यक्रमहरु गरेका छौ । आगामी बर्षहरुमा मुख जिब्रो घाटीका जाचहरु समुदाय मै गएर प्रभावकारी रुपमा गर्नको लागि आवश्यक उपकरणहरुको ब्यवस्था गरिदिन माननिय मन्त्रज्युलाई आग्रह गर्न चाहन्छौ । यस्ता समुदाय लक्षित कार्यक्रम गर्न स्थानिय पालिकाहरुसँग हातेमालो गरी कार्यक्रमहरु सन्चालन गर्न आवश्यक बजेटको ब्यबस्था गरिदिन समेत म आग्रह गर्न चाहन्छु । यस् बर्ष हामी क्यान्सर निदानका लागि अत्यावश्यक पेट स्क्यान सेवा शुरु गर्दै छौ, उक्त मेसिन खरिदको लागि आवश्यक बजेटको प्रबन्ध गरिदिनुभएकोमा मानानीय मन्त्रीज्युप्रती हार्दिक क्रितघ्यता ब्यक्त गर्न चाहन्छु । मन्त्रिज्युले क्यान्सर रोग नियन्त्रण र रोकथाममा गर्नुभएको नितिगत र कार्यगत योजनाहरुको सकारात्मक उपलब्धीहरु देखिन थालेका छन् । यस अस्पतालको बिकास र विस्तारको लागि मन्त्रिज्युले निरन्तर मार्गनिर्देशन गरिरहनु भएको छ र छिट्टै हामीले यस अस्पतालको अत्यधुनिक भवन विस्तार गर्न चागुनारायण नपामा जग्गा प्राप्त गर्दैछौ, जहाँ २०० सैयाको आधुनिक अस्पताल भवन बन्ने छ ।
आज यसै दिन पारेर हामीले यस भक्तपुर क्यान्सर अस्पतालमा केही सेवाहरु थप गरेका छौ, जस्मा दान्त तथा मुख रोग बिभाग, स्तन क्यान्सर उपचार गर्ने छुट्टै वार्ड सुरु गरेका छौ । यसै अवसरमा हामीले यस महिनाबाट मानसिक तथा मनोपरामर्ष सेवा पनि सुरु गरेका छौ जसले बिरामी र आफन्तका बिक्षिप्त मनलाई आवश्यक सरसलाह दिएर सहजिकरण गर्नु हुनेछ । यसका लागि संस्थाले हामीलाई निशुल्क सेवा दिनको लागि सम्झौता भएको छ । हप्तामा दुई दिन साइकोलोजिस्ट र एक दिन साइकियाट्रिस्ट डाक्टरबाट सेवा दिनुहुने छ, यस सहकार्यका लागि उक्त संस्थाका डा रिसभ कोइराला लाई हार्दिक धन्यवाद दिन चाहन्छौ । त्यस्तै प्लाष्टिक एण्ड रिकन्सटक्टिभ सर्जरीको लागि शुष्मा कोइराला अस्पतालसँग सहकार्यको सुरुवात गरिएको छ, जस्ले गर्दा जटिल किसिमका मुख घाटी स्तन लगायतका अपरेसन गरेपछि शरीरको त्यो भागलाई दुरुस्तै पहिले जस्तो बनाउन सकिने छ । त्यस्तै मुख, जिब्रो, घाटीको अपरेसन रेडियसन पछी खाना निल्न या बोल्नलाई असहजता हुने हुँदा सोको निराकरण गर्न स्पिच एण्ड सोलिंग थेरापी शुरु गरेका छौ ।
आजैबाट यस अस्पतालमा पहिलो पटक दन्त उपचार सेवा डेण्टल ओपीडी सुरु गरिएको छ, यस्का लागि एमडीए डाक्टर उपलब्ध गराइदिनु भएकोमा स्वास्थ्य मन्त्रालयलाई हार्दिक धन्यवाद दिन चाहन्छौ ।
हाम्रा सर्वाइभर साथीहरू —तपाईंहरू हाम्रो आशा हुनुहुन्छ । तपाईंहरूको जीतले हामी सबैलाई सिकाउँछ कि क्यान्सरको सामना सम्भव छ । तपाईंहरू अब केवल बिरामी होइन, आशाको प्रतिनिधि, चेतनाका दूत, र परिवर्तनका अगुवा बन्नु भएको छ ।
आजको दिनमा म सबै सरोकारवालाहरु—सरकार, स्वास्थ्यकर्मी, गैर–सरकारी संस्था, सञ्चार माध्यम सबैलाई आह्वान गर्न चाहन्छु कि टाउको तथा घाँटी क्यान्सरविरुद्ध हामी एकजुट बनौं । सचेतना फैलाऔं, जोखिम कारकहरू— जस्तै सुर्ती, मदिरा, र एचपिभी—विरुद्ध जानकारी फैलाऔं, र उपचार सबैको पहुँचमा पुगोस् भन्ने सुनिश्चित गरौं ।
अन्त्यमा, म यति मात्र भन्न चाहन्छु —
भक्तपुर क्यान्सर अस्पताल मा हामी केवल रोगको उपचार गर्दैछौं होइन, हामी आशाको ज्योति जगाउँदैछौं । र आज यहाँ उपस्थित तपाईंहरू सबैसँग—त्यो आशा झनै उज्यालो भएको छ ।
धन्यवाद । जय नेपाल ।
(भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशककोतर्फबाट विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा गरिएको सम्बोधन ।)
